Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अन्तर्कृया कार्यक्रम सम्पन्न

Published on 3:11:00 AM //


मनोज बस्नेत
गाविस र नगरपालिकाको कर ऐनमा फरक पर्ने भएकोले व्यावशायिहरुलाई कर ऐनको बारेमा जानकारी दिने उदेश्यले आईतवार गुल्मीको सदरमुकाम तम्घासमा मुल्य अभिबृदि कर (भ्याट) सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुल्मी उद्योग वाणिज्य सघंको आयोजनामा उद्योग वाणिज्य सघंकै सभाहलमा सम्पन्न अन्तरक्रियामा झण्डै ६० जना व्यापारीहरुको सहभागिता रहेको थियो ।
कर सम्बन्धि सहभागिहरुले राखेका जिज्ञासको कार्यक्रमका प्रमुख अतिथी आन्तरिक राजश्व कार्यालय बुटवल रुपन्देहिका कर अधिकृत धनिश्वर अर्यालले जवाफ दिनुभएको थियो । गुल्मी उद्योग वाणिज्य सघं गुल्मीका अध्यक्ष कृष्ण प्रसाद भण्डारीको अध्यक्षता रहेको अन्तरक्रिया कार्यक्रम सघकै उपाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डेको स्वागत र सदस्य बिरेन्द्र भुसालको सञ्चालनमा सम्पन्न भएको थियो । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग