Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रान्तिकारी पत्रकारमा नयाँ नेतृत्व

Published on 3:33:00 AM //


गगनशिला खड्का
क्रान्तिकारी पत्रकार संघ गुल्मीको दोस्रो जिल्ला अधिवेसनले प्रेम सुनारको अध्यक्षतमा २५ सदस्ययि नयाँ कार्यसमिती निर्वाचित गरेको छ । शुक्रबार र शनिबार तम्घासमा सम्पन्न सम्मेलनले सुनारको नेतृत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिती निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा पदम पाण्डेय, गणेश सारु, मदन पौड्याल र नारायण ज्ञवाली निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा अभिमन्यु पोखरेल, सहसचिव घनश्याम खरेल र कोषाध्यक्षमा दधिराम खनाल लगायत निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा गंगा खड्का , कमल पन्थी, बिष्णु फुल्लेल, कुष्ण घिमिरे, राजन घिमिरे, राजेन्द« पाण्डे, आशा घर्ति मगर, चन्द्रमा लम्साल, शान्ता परियार, ओम पाण्डे, राजेन्द« रसाईली सुवास महत लगायत २५ जना रहनुभएको छ ।
सम्मेलनले पत्रकार महासंघ गुल्मीका सचिव भरत पाण्डेको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति समेत सम्मेलनले चयन गरेको छ । सदस्यहरुमा निवर्तमान अध्यक्ष शंकर कुँवर, सगरमाथा टेलिभिजनका गोकुल श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय पार्सद तिलक महत, कृष्ण पाण्डे, हरिकृष्ण पन्थी लगायत रहेका छन् ।
शनिबार सदरमुकाम तम्घासमा घोषणा सभाको आयोजना गरी सम्मेलनवाट निर्वाचित कार्यसमितिको क्रान्तिकारी पत्रकार संघ नेपालका केन्द्रिय सचिवालय सदस्य एवं सम्मेलनका प्रमुख अतिथि हिरामणि दुखीले पदाधिकारीको नामावली घोषणा गरेका थिए । पदाधिकारीहरुलाई सपथ ग्रहण गराउदै सचिवालय सदस्य दुखीले क्रान्तिकारी पत्रकारहरुले जनताको पक्षमा निरन्तर कलम चलाउनु पर्नेमा जोड दिए । उहाँले सदरमुकाममा वसेर कोठे पत्रकारीता गरी जनताको भावना र यथार्थ समेट्न नसकिने भएकोले क्रान्तिकारी पत्रकारहरु गाउँगाउ र जनताको घरघरमा पुगेर समाचार सङ्कलन गर्न आग्रह गरे । सोही कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रेम सुनारले राजनैतिक आस्थाका आधारमा समाचार लेख्ने प्रवृत्तिको अन्त्य गरीने र सवै दल विचारको सम्म्मान गर्दै राम्र-नराम्रा दुवै पक्ष उठान गर्न कुुनै कसुर बाँकी नराख्ने वताए ।
कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई एकिकृत नेकपा माओवादीका जिल्ला सह–ईन्चार्ज निमवहादुर पाण्डे, जिल्ला सेक्रेटरी अरुण देवकोटा, राज्य समिति सदस्य अशोक थापा, वेगम वोहोरा, नेपाल पत्रकार महासंघका अध्यक्ष घनश्याम गौतम, प्रेस युनियनका केन्द्रिय सदस्य जनार्दन घिमिरे, अनेरास्ववियु जिल्ला संगठन विभाग प्रमुख राजेन्द्रविक्रम कुँवर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैविच संघको तम्घासमा सम्पन्न प्रथम बैठकले कार्य विभाजनका साथै विभीन्न योजना निर्माण गरेको छ । बैठकले उपाध्यक्ष पाण्डेलाई क्षेत्र नं ३ को संयोजकका साथै एक गाउँ एक पत्रकार अभियानको प्रशिक्षण विभाग प्रमुख, अर्का उपाध्यक्ष सारुलाई क्षेत्र नं २ को संयोजकका साथै सदरमुकाम समन्वय प्रमुख एवं पत्रकार महासंघ संगको समन्वय विभाग, ज्ञवालीलाई प्रशासनिक विभाग प्रमुख र पौडेललाई क्षेत्र नं १ को संयोजक तोकेको छ । बैठकले एक गाउँ एक पत्रकार भन्ने नारालाई सार्थक बनाउने भन्दै रु १० अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग