Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अखिल नेपाल युवक संघको गाउँ समितिको गठन

Published on 12:17:00 PM //

मनोज बस्नेत
अखिल नेपाल युवक संघ गुल्मीले हाडहाडे गाविसमा एक भेलाका विच एक गाउँ समिति गठन गरेको छ । भेलाले ११ सदस्यीय अखिल नेपाल युवक संघको गाउँ समितिको गठन गरेको हो । समितिको अध्यक्ष महेश बस्नेत, उपाध्यक्ष लक्ष्मण जी सी, सचिव गिरु कुँवर, सह सचिव रमेश थापा, कोषध्यक्ष कमल कुवँर रहनुभएको छ भने सदस्यहरुमा चक्र ब के सी, तेज ब. जि सी, पूर्ण कुवँर , राजेनद्र बस्नेत, बिक्रम थापा, देवेन्द्र जी सी रहनुभएको छ । अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष तारा कुवँरको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरि राष्ट्रिय जनमोर्चा गुल्मीले आज हाडहाडेमा १३ सदस्यीय गाउँ समिति गठन गरेको छ । 
अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष तारा कुवँर, यू ए ई नेपाली एकता समाजका क्षेत्रिय समितका अध्यक्ष टिका खड्का र कतार नेपाली एकता समाज का प्रतिनिधि धन बहादुर थापाको विशेष आतित्यता रहेको भेलाले अध्यक्ष तारा ब. जी सी, उपाध्यक्ष गोपाल थापा सचिव लिलाराज वस्नेत सहसचिव मित्र ब थापा, कोषाध्यक्ष चेतना कुमारी थापा, सदस्यहरु तुल ब थापा, राजेनद्र वि सी, डिल ब जी सी, तुल ब पुन, जीत बहादुर थापा, जीत बहादुर विक बैकल्पीक सदस्यहरु डिल बहादुर थापा र चक्र सुन्दर काउछा लाई चयन गरेको छ । साथै भेला पछिको बैठकले काशी राम कुँवरको अध्यक्षतामा ७ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । भेला कांशीराम थापाको अध्यक्षता र मित्र बहादुर थापाको संचालनमा समापन भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग