Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बालअधिकार चेतना समुहको पुनःगठन

Published on 10:29:00 AM //


नरेश भण्डारी
अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) जिल्ला कार्यालयको आयोजनामा ०६८ साउन २५ गते भादगाउँ मावि अर्खलेमा बालअधिकार चेतना समूहको पुनःगठन भयो ।

विद्यालयका बालबालिकालाई बालअधिकारका सवालमा संगठित गरी सचेतना अभिवृद्धी गर्ने उद्देश्यले आयोजित कार्यक्रमबाट कक्षा नौ की छात्रा अञ्जना थापा क्षेत्रीको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको हो।

समूहका निवर्तमान अध्यक्ष शुशिल थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि नरेश भण्डारीले सहजिकरण गरे ।

समूहका संरक्षक शिक्षक थमन केसीले बालअधिकार प्रवर्धन कार्यक्रम विद्यालयको लागि प्रेरणादायी भएको भन्दै यसले विद्यालयमा स्वस्थ शैक्षिक वातावरणले निर्माण गर्नमा सहयोग पुर्‍याइएको घारणा व्यक्त गरे । कार्यक्रममा ५० जना छात्रा र ३५ जना छात्र गरी ८५ जनाको उपस्थिति थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग