Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अस्पताल भित्रैबाट चोरी

Published on 2:16:00 PM //


गगनशिला खड्का
बुटवलको आम्दा अस्पतालभित्रैबाट बिरामी कुरुवाको सुनकोसिक्री चोरी भएको छ । विहान ३ बजेको समयमा अस्पतालको झ्यालबाट छिरेर सुनकोसिक्रि लुटिएको प्रहरीले बताएको छ।
गुल्मीको इश्माबाट छोराको उपचारका लागि अस्पतालमा आएकी पुष्पा बस्नेतको घाटीबाट सुनको सिक्री चारी भएको हो । मुखमा माक्स लगाएको एक व्यक्तीले हातमाघारिलो हतियार आएको पिडित बस्नेतका श्रीमान् अर्जुन बस्नेतले बताए । अस्पतालको चाइल्ड वार्डमा रहेकी बस्नेतको सिक्री चोरी भएपछि तत्कालप्रहरीलाइ तथा अस्पताल प्रशासनलाइ खबर गरिएको पनि उनले बताए । बुटवलको १ सुख्खानगरबाट तत्काल पुगेको प्रहरीले घटनामा संलग्नको खोजी कार्य भैरहेको बताएकोछ ।
अस्पताल प्रशासनको कमजोरीका कारण घटना भएको भन्दै पिडितले क्षतिपुर्तिको समेत माग गरेका छन् । अस्पताल जस्तो क्षेत्र जहां चौविसै घण्टा सुरक्षागार्डहरु तैनाथ भएपनि धारिलो हतियारदेखाएर लुटपाट हुनु बिडम्बना भएको सर्वसाधारणहरुले बताएका छन् । प्रहरी चौकीका इन्चार्ज लोकनाथ पाण्डेले अस्पताल प्रशासनलाइ आगामी दिनमागंभिर बन्न आग्रह गरेको बताए । उनले अस्पतालमै बिरामी तथा कुरुवाहरु लुटिनुले अस्पतालको सुरक्षामा प्रश्न उठाएको बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग