Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाँदर आतङ्कले गाउँले हैरान

Published on 3:41:00 AM //


मनोज बस्नेत
बिभीन्न क्षेत्रमा बाँदरको बिगबिगी भईरहेका बेला गुल्मीको बिरबास गाविस वार्ड नम्बर १, २ र ३ का कृषकहरुले पनि बाँदरको कारण हैरानि खेप्नु परेको छ । पहाडि क्षेत्रको मुख्य बालिको रुपमा रहेको मकैबाली पाक्ने समयमा बाँदरले खाईदिने, मकैका बोटहरु भाँच्ने गरी नष्ट गर्दा किसानहरु चिन्तित बनेका छन् । अहिले किसानहरु बादरले नष्ट गर्ला भन्ने डरले मकैबालि लगाएको खेतबारि कुरेर बस्न बाध्य छन् ।
बिषेश गरी जङगलको आसपासमा पर्ने खेतबारीमा लगाएको मकैबालिमा बादँरले सताउने गरेको किसानहरुको भनाई छ । बालि बादँरले नष्ट गर्ला भन्ने डरले किसानहरु बिहानै झीसमिसे देखि साझँ अबेर सम्म घरको एक जनाले मकैबारी कुर्ने गर्दछन् । बर्षभरी खाने अन्न बाँदरले नष्ट पर्‍यो अब के खाने बिरबास १ का कृषक लक्षमण कर्णेलले गुनासो गर्नुभयो । कुकुरको सहायताले बाँदर धपाउने गरिएता पनि बाँदरले केटाकेटि तथा महिलाहरुलाई पिट्ने, चिर्थोने गरी झनै दुख दिने गरेको किसानहरुको भनाई छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग