Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा श्रीकृष्णको रथ यात्रा

Published on 7:01:00 PM //


सीता भण्डारी,
श्रीकृष्ण जन्माष्ठमीको अवशरमा गुल्मीमा श्रीकृष्णको रथ यात्रा गरिएको छ । सदरमुकाम तम्घास स्थित भगवति मन्दिर परिशरवाट मन्दिर व्यवस्थापन समितिद्वारा निकालिएको रथ यात्रा वाजागाजा र पुजाआजा सहित वजार परिक्रमा गरिएको थियो । विश्व शिन्दु महासंघ गुल्मी र राधा माधव समिति नेपाल गुल्मीले पनि भजनकृतन सहित श्रीकृष्णको रथ यात्रा गरेको थियो । गए राती मध्यरातमा श्रीकृष्णको जन्म भएको खुसियालीमा श्रद्धालुहरुले प्रत्यक वर्ष विभिन्न झाँकिहरुका साथमा सदरमुकाम तम्घासमा यसरी रथयात्रा गरिदै आएका छन् ।
रथ यात्रा हेर्नको लागि जिल्लाका विभिन्न स्थानहरुवाट श्रद्धलुहरुको घुँईचो समेत लाग्ने गर्दछ । त्यस्तै नेवार समुदायले पनि परम्परागत जातीय संस्कृति लाखे नाच अहिले सदरमुकामा तम्घासमा प्रदशन गरीरहेका छन् । आजै सदरमुकामका विभिन्न क्लवहरुले समेत हास्यव्यंग्यात्मक र झाँकिहरु र रोपाईजात्रा समेत निकालेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग