Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुम्सीले मकै सखाप पारेपछि किसान चिन्तित

Published on 8:55:00 PM //


शिबलाल सुबेदी
पाक्न थालेको मकै बाली दुम्सीले सखाप पारेपछि गुल्मी जिल्लाको वामी गाविसका १ दजन भन्दा बढी किसानहरु चिन्तित बनेका छन ।
अविरल बर्षा सगै आएको हावाहुरीले केहि मकै नष्ट गरेको २० दिन पनि बित्न नपाउदै बाकीँ रहेको मकै यसरी दुम्सीले सखाप पारेपछि वामी गाविस ७ र ८ का इन्द्रमणि खराल, पूर्ण बहादुर घर्ती, कुल बहादुर घर्ती, पुतली खत्री लगायत १ दर्जनज भन्दा बढी किसानहरु चिन्तित बनेका हुन ।
यसरी यहाँका किसानहरुलाई आफ्नो बारीमा पाक्न थालेको वाली दुम्सीले सखाप पारेपछि चिन्तित बनेका वामी ८ का पूर्ण बहादुर घर्ती यसो भन्दै गुनासो पोक्छन “ कति मेहनतका साथ बारीमा मकै रोपेर कहिले पाक्छ र भित्राउन पाइन्छ भन्दै भित्राउर्ने दिनको पर्खाइमा बस्यो तर भित्राउने बेलामा अर्कैले भित्राइदियो खेती गर्नुको के महत्व भयो र ? ” उनी मात्र होईन यति बेला वामीका १५ घर परिवारको पिडा यस्तै रहेको छ । खेती गरेर बर्ष भरिलाई त खान पुग्दैन्थ्यो छ महिना आफ्नै बारीको खेतीले जिवन चलाइरहेका थियौ अहिलेत १ महिनालाई पनि खान पुग्ने भएन बर्ष भरि नै किनेर ल्याउनु पर्ने भयो भन्दै दुःख पोक्छन वामी ७ का इन्द्रमणि खराल ।
जगंलको नजिकै रहेको एक हल गोरुको मेलो दुम्सीले सखाप पारे पछि के खेती गर्नु नगरेपनि भयो भन्छन वामी ८ कै कुल बहादुर घर्ती , यसरी मकै छरेपछि नपाक्दा सम्मको किसानको पसिनाको हिसाब गर्ने हो भने कुनै फाईदा त छैन अझै त्यस माथी पनि हावाहुरी , बादर, दुम्सीले यसरी लगाएको बाली नष्ट गरिदिएपछि त के नै फाईदा हुन्छ र ?

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग