Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सहयोग पछि पढ्ने धोको पूरा

Published on 2:56:00 AM //

भरत पाण्डेय
गरिबीको कारण क्याम्पस भर्ना हुन नसकेकी सिमीचौरकी छात्रा लक्ष्मी हमालको उच्च शिक्षा पढ्ने धोको अब पूरा हुने भएको छ । जिल्ला प्रहरी कार्यालयको पहलमा विभीन्न व्यक्ति तथा संघ संस्थाको सहयोगमा सहयोग जुटेपछि उनको पढ्ने धोको पूरा हुने भएको हो ।
हमाललले आर्थिक अभावका कारण अध्ययन गर्न नपाएको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि भगवती माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक जय प्रकाश अर्याल र जिल्ला प्रहरी कार्यालयको पहलमा विभीन्न क्षेत्रबाट सहयोग जुटेको हो । प्रवेशिका परीक्षामा ७१ प्रतिशत अंक ल्याएर उत्तिर्ण भएपनि घरको आर्थिक अबस्था कमजोर भएका कारण अहिलेसम्म उच्च शिक्षाको लागी भर्ना हुन नसकेकी हमालले पढ्ने धोको पूरा गर्नका लागी सहयोगको लागी याचना गरेपछि सदरमुकामको महेन्द्र उच्च माध्यामिक विद्यलय, जिल्ला प्रहरी कार्यालय, नेपाल एस वि आई बैंक, लगायत विभीन्न व्यक्तिहरुले आर्थिक, पुस्तक तथा स्टेशनरी लगायतका जिन्सी सहयोग गरेका हुन् ।
हमालको सहायोगको लागी जिल्ला प्रहरी कार्यालय संगको समन्वयमा महेन्द्र उच्च माध्यामिक विद्यलयले कक्षा ११ र १२ मा निःशुल्क रुपमा भर्ना लिने र छात्रबृत्ति उपलब्ध गराई सबै मासिक शुल्क मिनाहा गर्ने प्राचार्य केशरबहादुर थापाले बताउनुभयो । त्यसैगरी नेपाल एस विआई बैङ्कले नगद रु १५ हजार सहयोग गर्ने र उद्योग वाणिज्य संघका सदस्य विरेन्द्र भुसाल, पत्रकार महासंघ उपाध्यक्ष नवराज भुसाल, मैत्री रेष्टुरेण्टका अर्जुन पाण्डे, व्यावसायी हरी कुमार श्रेष्ठ, तारा प्रसाद भुसाल, लगायतले पुस्तक, कापी, कलम, पोशाक, झोला तथा नगद सहयोग गनुभएको हो । सबै सामाग्री आज जिल्ला प्रहरी कार्यालयमा आयोजीत एक कार्यक्रममा हमाललाई हस्तान्तरण गरीएको हो । सहयोग पाएपछि आफ्नो पढ्ने धोको पूरा भएकोमा निकै खुसी हुँदै हमालले सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै आगामी दिनमा पनि पढाईमा अप्ठ्यारो परेमा सहयोग पाउने आशा व्यक्त गर्नुभएको थियो

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग