Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अबैध मदिरा नष्ट

Published on 2:52:00 AM //


जनार्दन घिमिरे/गगनशिला खड्का
केही समय यता जिल्लाको शान्ति सुरक्षा कायम गर्न र विकृति विसंगती रोक्न नागरीक समाज र सरोकारवालाहरु संगको सहकार्य अभियानमा लागेको गुल्मीको प्रहरीले आज घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्री वितरण गर्ने गरेको जानकारीका आधारमा प्रहरीले सदरमुकाम तम्घासका विभीन्न दुई अबैध मदिरा उद्योगबाट मदिरा बरामद गरी नष्ट गरेको हो ।
प्रहरीले सदरमुकाम तम्घास गाविस ६ को एक घरमा डेरा गरी बस्ने व्यक्तिको घरेलु मदिरा उद्योगबाट ३० लिटर घरेलु रक्सी र ५० लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालय गुल्मीको संयुक्त अनुगमत टोलीले बुधरबार तम्घास ६ का लाल बहादुर खत्रीको श्रीमति मिना खत्री र तम्घास ९ को राहुल सिंह आलेको श्रीमती रञ्जना आलेकहाँबाट सो सामान बरामद गरेको थियो । विना दर्ता अबैध रुपमा घरेलु मदिरा उद्योगहरु सञ्चालन भएको सुराकीका आधारमा कोष तथा लेखा नियन्त्रण कार्यालयका नासु कृष्ण प्रसाद श्रेष्ठ र जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक हेमन्त बिक्रम थापाको कमाण्डमा गएको प्रहरी टोलिले मदिरा बरामद गरेको प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी निरीक्षक निरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।
अबैध रुपमा मदिरा उत्पादन गर्ने, विना दर्ता मदिरा विक्री वितरण गर्ने लगायतका कार्यले गर्दा गुल्मीमा विकृति बढेको यहाँका सरोकारवालाहरुको गुनासो आएपछि बजार अनुमन गरीएको र यसलाई प्रभावकारी रुपमा अगाडी बढाईने प्रहरी नायव उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । प्रहरीले पत्रकार, उद्योग वाणिज्य संघ, होटल व्याबसायी मञ्च लगायतका सरोकारवालाहरुको रोहवरमा मदिरा नष्ट गरेपछि उनीहरुले विना दर्ता किराना पसलहरुमा मदिरा विक्री वितरण गर्ने र गाउँ गाउँमा अबैध मदिरा उत्पादन गर्नेहरुलाई पनि कार्वाहीको दायरामा ल्याउन प्रहरीलाई सुझाव दिएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग