Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा झण्डै ११ करोड रकम फ्रिज

Published on 2:31:00 PM //


गगनशिला खड्का
गुल्मी जिल्लामा यस वर्ष कुल १० करोड ६९ लाख ८० हजार ३ सय ५८ रुपैया फ्रिज भएको छ । सवै भन्दा बढी फ्रिज रकम जिल्ला विकास समितिमा भएको छ । विभिन्न विकास निमार्णमा जिल्ला विकास समितिमा मात्रै यस वर्ष ६ करोड ८५ लाख रुपैया र जिल्ला शिक्षा कार्यलयमा १ करोड ३४ लाख फ्रिज गएको कोष तथा लेखा नियन्त्रक कार्यलयका कोष नियन्त्रक राजेन्द्र प्रसाद आचार्यले जानकारी दिनुभयो

त्यस्तै जिल्ला अदालत गुल्मीमा १ लाख ७३ हजार सहित विभिन्न कार्यलयहरुवाट करिव ११ करोड रकम फ्रिज भएको कोष नियन्त्रक आचार्यले बताउनुभयो । गत वर्ष जिल्लाको कुल वार्षिक बजेट १ अर्व ८२ करोड ८ लाख ७७ हजार ३ सय २६ रुपैया विनियोजित भएकोमा खर्च १ खर्व ७१ करोड ३८ लाख ९७ हजार २५ रुपैया ४२ पैसा मात्र निकासा खर्च भएको वताईएको छ । जिल्लामा सम्भवत: यति ठुलो रकम फ्रिज भएको यो पहिलो पटक भएको कोष नियन्त्रक आचार्यले जानकारी दिनुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग