Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वास्थ्य केन्द्रकै बक्यौता बढी हुँदा असुल गर्न प्राधिकरणलाई समस्या

Published on 2:43:00 PM //


घनश्याम गौतम
विद्युत प्राधिकरणले यहाँका सरकारी कार्यालयहरुबाट ११ लाख भन्दा बढी बक्यौता असुल गर्न सकेको छैनन । उर्जा मन्त्री गोकर्ण विष्टले केन्द्रमा सरकारी कार्यालयहरुको लाईन काटेर बक्यौता असुल गर्न शुरु गरेपनि उनकै गृह जिल्लाको बक्यौता असुल हुने सम्भावना समेत निकै कम छ । बक्यौता बाँकी रहेका अधिकांश सरकारी कार्यालयहरु संवेदनशील कार्यालय भएकोले बक्यौता असुल गर्न समस्या देखिएको प्राधिकरण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सबैभन्दा बढी बक्यौता जिल्ला अस्पताल अन्तर्गत ग्रामिण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुको छ । दुई वर्ष अगाडी खुलेको रुरु हेल्थ सेन्टरको बाक्यौता मात्र १ लाख ३२ हजार ४ सय ३८ रुपैंया छ । त्यस्तै जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रको ५ लाख ३४ हजार २ सय ८३, श्रृङ्गा हेल्थ सेन्टरको १ लाख ११ हजार ९ सय १८ रुपैंया विद्युत बक्यौता महशुल बाँकी छ । त्यस्तै अस्लेवा हेल्थ सेन्टरको ६६ हजार ८ सय र खज्र्याङ्ग हेल्थ पोष्टको पनि ६१ हजार ३० रुपैंया महशुल बक्यौता छ ।
प्रशासन, स्वास्थ्य, सुरक्षा लगायतका तत्काल विद्युत नकाट्ने निर्देशन भएकाले पनि बक्यौता बाँकी भएपनि लाइन काट्न नसकिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले जिल्ला विकास समितिका सभापति निवासको मात्र बुधवार देखि लाईन काटेको छ । जिविस सभापति निवासको ३ हजार ७ सय ६० रुपैंया बक्यौता भएकोले लाईन काटिएको जनाएको छ । सरकारी कार्यालय, प्रहरी चौकी, स्वास्थ्य चौकी, विद्यालय, जिविस, तम्घास गाविस, पशुसेवा केन्द्र, हुलाक, कारागार, कृषि समेत गरी ११ लाख ८ हजार ६ सय ९८ रुपैंया महशुल बक्यौता उठन बा“की रहेको प्राधिकरण प्रमुख बिनोद चौधरीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग