Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिबिस सभापतिले बिद्युत महशुल तिरेनन, प्राधिकरणले लाइन काटिदियो, अध्यारोमा बस्न वाध्य

Published on 2:48:00 PM //


नेपाल विद्युत प्राधिकरण गुल्मीले विद्युत महसुल नतिरेको भन्दै जिल्ला विकास समितीमा रहेको सभापति निवासको विद्युत लाइन काटेको छ । जिविस सभापति निवासमा उठेको ३ हजार ७ सय ६० वक्यौता रकम नवुझाएकोले लाइन काटिएको विद्युत प्राधिकरणले जनाएको छ ।
यस्तै वक्यौता रकम नवुझाएको जिल्ला विकास समितीको कार्यलयमा भने कार्यलय प्रमुख नभएको भन्दै लाइन काट्न गएको टोलीलाई कार्यलय प्रमुख आएपछि महसुल वुझाउने प्रतिवद्धता कार्यलयका कर्मचारीले जनाएपछि लाइन काटिएको छैन । जिल्ला विकास समितीको कार्यलयमा १३ हजार ५ सय ९५ रकम उठ्न वाँकी रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग