Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अपाङ्गलाई शब्दमा हैन व्यबहारमै सहयोग गरौँ: प्रजिअ नेपाल

Published on 3:55:00 AM //


टोपलाल अर्याल 
अपाङ्गहरुलाई शव्दले सहानुभूति भन्दा पनि व्यवहारिक रुपमै सहयोग गर्नुपर्नेमा प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपालले जोड दिनुभएको छ । आईतवार सदरमुकाम तमघासमा दृष्टिवीहिनहरुको गमनशिलता तथा नेतृत्व विकास संवन्धि तीन दिने तालिमको समापन समारोहमा वोल्दै प्रमुख जिल्ला अधिकारी नेपालले यस्तो कुरामा जोड् दिनुभएको हो । अपाङ्गहरुलाई राज्यको सवै निकायमा समावेशी वनाउँदै लैजानुपर्ने र नेताहरुले अपाङ्गहरुप्रति जनाएको प्रतिवद्धता व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा उहाँको जोड् थियो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार वैदवारले अपाङ्ग झमक कुमारीले लेखेको जीवन काँडा कि फुल नामक पुस्तकको स्मरण गर्दै उहाँले व्यक्त गरेको वेदनावाट आफु अपाङ्गहरुको सेवामा लाग्ने प्रेरणा मिलेको वताउनुभयो । उहाँले अपाङ्गहरुलाई अव छिट्टै वस जीपहरुमा अनिवार्य सीट लागु गराउनुपर्नेमा प्रमुख जिल्ला अधिकारी नेपालको ध्यानाकृष्ट समेत गराउनुभएको थियो ।

कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, एकीकृत नेकपा माओवादी राज्य समिति सदस्य अशोक थापा, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु वलाल मगर, नेकपा एमालेका कार्यालय सचिव जङ्ग नेपाली, राष्ट्रिय जनमोर्चाका कार्यालय सचिव योगेन्द्र काउछा, क्रान्तिकारी पत्रकार संघ गुल्मीका संयोजक प्रेम सुनार लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । तालिममा सहभागी दृष्टीविहीनहरुले राज्यले यो देशका अपाङ्गहरुप्रति अझै पनि दोस्रो नागरिकका रुपमा हेर्ने गरेको भन्दै आफुहरुको क्षमता विकास र जीविकीपार्जनका लागि विशेष व्यवस्था हुनुपर्नेमा जोड् दिएका थिए ।

तालिमको रुपन्देही सी.वी.आर. केन्द्रका रोशन चौधरीले सहजीकरण गर्नुभएको थियो । नेपाल नेत्रहीन संघ गुल्मीका अध्यक्ष काशीनाथ ज्ञवालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चुरामणी घिमिरेको स्वागत मन्तव्य र कोषाध्यक्ष शशि घिमिरेको सञ्चालन रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग