Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अदुवामा रोग, कृषक चिन्तीत

Published on 4:01:00 AM //


टोपलाल अर्याल
वषौँदेखि अदुवा खेती गर्दै आएका गुल्मीको हुँगाका किसान अदुवामा विभिन्न खालका रोग लाग्न थालेपछि चिन्तीत भएका छन् । वारीमा लगाएको अदुवाको गानो कुहिने तथा पातमा सेतो धव्वा लाग्ने अनि पात पहेँलो हुदै कुहिने गरेपछि हुगाका विभिन्न गाविसका कृषकहरु मर्कामा परेका हुन् । अदुवा खेतीका लागी उपयुक्त वातावरण भएको हुगा गाविसमा व्यवसायिक रुपमै अदुवा खेती हुदै आएको छ । तर पछिल्लो समयमा अदुवामा लाग्ने विभिन्न प्रकारका रोगले कृषकलाई चिन्तीत वनाएको छ । 
पोहोर साल त १ लाख आम्दानी भएको थियो तर यो वर्ष विभिन्न प्रकारका रोग अदुवामा लागेका छन्, लागनी पनि नउठ्ने अवस्थामा छ, कृषक शंकर भण्डारीले भन्नुभयो । गाविसभरी नै अदुवा खेती गरिए पनि गाविसका २, ३, ४, ६, र ८ वडामा विशेष उत्पादन हुने गरेको छ । रोगको रोकथामका लागी स्थानीय स्तरमै विभिन्न कार्यहरु गरिएपनि कृषि विकास कार्यलयमा भने जानकारी नगराएको स्थानीय सौगात सागर भण्डारीले जानकरी दिनुभएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग