Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी जिल्लाको मानव अधिकार प्रतिबेदन

Published on 3:34:00 AM //


-प्रस्तोता: नरेश भण्डारी
गुल्मीमा मानव अधिकारको अवस्था र सरोकारबालाहरुको दायित्व विषयक अन्तरकृया कार्यक्रम २०६७ चैत २४ गते तम्घासमा प्रस्तुत आधार पत्र : 
विस्तृत शान्ति सम्झौताको अवस्था नेपाल सरकार र तत्कालिन नेकपा (माओवादी) बिच २०६३ मंसीर ५ मा सम्पन्न भएको विस्तृत शान्ति सम्झौता पछि गुल्मी जिल्लामा सशस्त्र द्वन्द्वका बेला हुने गरेका मानवअधिकारको अवस्थामा सुधार भएको अनुभूती गर्न सकिन्छ । सम्झौताहरुमा अन्तर्राष्ट्रिय मानव अधिकार तथा मानवीय कानुनका मान्यताहरूप्रति प्रतिबद्धता जाहेर गर्ने अन्तरबस्तु समावेश भएको पाइए पनि त्यसको पूर्ण पालना हुन सकेको छैन ।
द्धन्द्धकालमा बेपत्ता भएका १३ जना व्यक्तिहरुको अवस्था हाल सम्म अज्ञात रहेको पाइन्छ । द्धन्द्ध पीडितले उचित क्षतिपूर्ति नपाउनु, पुनर्स्थापना, पुर्नर्निमाण, पुर्नरमिलन जस्ता कार्यक्रम प्रभावकारी ढंगले संचालन हुन नसक्नु, घाइतेको उपचारको अभाव रहनु, द्धन्द्ध पीडित बालबालिकाले छात्रवृत्ती नपाएको (जम्मा ५३ जनेमात्र पाएको) ।

  • कारागारको अबस्था: जिल्ला कारागारको क्षमता ५ जना महिला र २० जना पुरुषको मात्र रहेकोमा झण्डै ३ गुना बढी कैदि तथा थुनुवा रहँदा कैदी बन्दीको आवास लगायतका समस्या उत्पन्न भएकोछ । कारागार शाखामा शीपमूलक कार्यक्रमले कैदीबन्दीलाई आयआर्जनको बाटो खुलेको छ । 
  • न्याय प्रशासन जिल्ला अदालतमा दर्ता भएका मुद्धा फस्यौटमा तिब्रता आएकोले न्याय प्रशासन क्षेत्रमा केही प्रगति भएको पाइन्छ 
  • वेबारिसे विस्फोटक पदार्थ: वेबारिसे विस्फोटक पदार्थको कारण केही व्यक्तिको मृत्यु भएको र घाइते भएको (सुरक्षाकर्मी समेत मृत्यू) पीडितले राहत प्राप्त नगरेको अवस्था छ ।
  • उपभोक्ताको अधिकार: उपभोक्ताको हक हितको संरक्षणका लागि सम्वन्धित निकायबाट कहिलेकाही अनुगमन भएको भएता पनि प्रभावकारी अनुगमन हुन सकेको छैन ।
  • हिरासतको अवस्था: हिरासतमा लिदाँ छोड्दा शारीरिक मानिसक जाँच गर्नुपर्ने, पक्राउ तथा थुनुवा पुर्जी दिनुपर्ने, २४ घण्टा भित्र तोकिएको अधिकारी समक्ष पेश गर्नुपर्ने जस्ता न्यूनतम मापदण्डको पूर्ण पालना हुन सकेको छैन ।
  • आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार: महिलाको समान कामको लागि समान ज्याला नभएको, न्यूनतम ज्यालाको प्रावधान लागु नभएको, स्वच्छ पिउने पानीको समस्या रहेको । घरबाट निस्कने फोहर नदीको मुहानमा मिसाइने गरेको, माछा मार्दा विषादी प्रयोग गर्ने एवं करेन्ट प्रयोग गर्ने गरेकाले हजारौँ व्यक्तिको पानी श्रोतको रुपमा रहेको मुहान प्रदुषित हुनुको कारणले जनताको स्वास्थ्य तथा वातावरणमा गम्भीर असर पर्ने गरेकोछ । सुत्केरी हुने महिलालाई समयमा स्वास्थ्य संस्थामा भर्ना नगर्ने, स्वास्थ्य संस्थामा प्रयाप्त औषधिको व्यबस्था नहुने तथा स्वास्थ्य संस्थामा प्रयाप्त दरवन्दीको अभाव एवं भएका दरवन्दीहरुमा नियुक्तीहुन नसक्ने अवस्था छ । बन अतिक्रमण भइरहेकोले स्वास्थ बातावरणको अधिकारमा असर परेको छ ।
  • बालअधिकार अधिकार: विद्यालय जानबाट वन्चित हुनु, घरेलु श्रमिक बनाईनु, जोखिमपूर्ण बाल श्रम, बलात्कार, बाल विवाह, बाबु पहिचान नभएको, लक्षित वर्गलाई छात्र बृत्ती न्यूनहुने जस्ता सवालहरु देखापरेका छन् ।
  • महिला बिरुद्ध हुने हिंसा: दाईजोका नल्याएको कारण दिईने मानसिक यातना, खान-लगाउन नदिने, बोक्सीको आरोप, बहुविबाह, यौन दुव्र्यवहार, बलात्कार जस्ता घटनाहरु ।
  • जातिय विभेद: सार्वजनिक स्थलमा प्रवेश नदिने (मन्दिर), अन्तरजातीय विवाहका कारण परिवार तथा समाजबाट हुने भेदभाव वा दुर्ब्यवहार जस्ता घटनाहरु ।
  • सामाजिक हिंसाका घटना: मोसो दलेर गाउँ घुमाउने, बोक्सा, बोक्सीको आरोप, एच.आइ.भी संक्रमितहरुको उपचारमा कठिनाई तथा उनीहरुलाई परिवारमा तथा समाजमा गरिने भेदभाव तथा दुर्ब्यवहार ।

सुधारका पक्ष

  • बारुदी सुरुङ्ग तत्काल हटाउनु पर्ने ।
  • बजारको प्रभावकारी अनुगमन गर्नुपर्ने ।
  • घरेलु हिंसा सम्वन्धी ऐन तथा नेपाल सरकारले लागू गरेको कार्ययोजना अन्तर्गतको समितिलाई प्रभावकारी बनाउनु पर्ने । पूनर्स्थापना केन्द्रको व्यबस्था गरिनुपर्ने ।
  • बेपत्ता पार्ने व्यक्ति सम्वन्धी आयोग तथा सत्य निरुपण आयोग तत्काल गठन हुनुपर्ने ।
  • दण्डहिनताको अन्त्य, अपराधमा राजनीतिकरण, राजनीतिमा अपराधीकरणको अन्त्य हुनुपर्ने ।
  • शान्ति सुरक्षाको अवस्थालाई अझ सुदृढ गर्नुपर्ने ।
  • आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार, बिकासको अधिकार तथा अधिकारमुखी अवधारणामा जोड दिँदै खाद्य सुरक्षमा विशेष ध्यान पुर्याउनु पर्ने ।
  • अपाङ्गता भएका, विशेष आवश्यकता भएका, एच.आइ.भी संक्रमित व्यक्ति र जेष्ठ नागरिकको अधिकार सुनिश्चित हुनु पर्ने ।

(भण्डारी इन्सेकको जिल्ला प्रतिनिधि तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीका कोषध्यक्ष हुन । )


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग