Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मौका परिक्षाको तयारी पुरा

Published on 3:13:00 AM //


मनोज बस्नेत
आजदेखि सुरु हुने एसएलसी परिक्षा २०६७ को मौका परिक्षाको सम्पुर्ण तयारी पुरा भएको एसएलसी परिक्षा समन्वय समिती गुल्मीले जनाएको छ । परिक्षाको पहिलो दिन आज बिहान ८ बजे देखि अनिवार्य अङ्रेजी बिषयको परिक्षा सुरु हुने छ । श्रावण ३० गते सम्म सञ्चालन हुने यसबर्षको एसएलसी मौका परिक्षामा गुल्मी जिल्लाका विभीन्न बिद्यालयहरुबाट २ हजार २ सय ७६ जना परिक्षार्थी सहभागि हुुदैँ छन् । जस मध्ये अनिवार्य अङ्रेजी बिषयको ७ सय ६३ जना, अनिवार्य नेपालिको ३, अनिवार्य गणितको १ हजार ७ सय २७, अनिवार्य विज्ञानको ६ सय ९८, अनिवार्य सामाजिक बिषयको १ सय ३३ जना परिक्षार्र्थीले परिक्षा दिने छन् ।
त्यस्तै स्वास्थ्य जनसङख्या तथा वातावरणको ९ जना, अतिरिक्त गणितको १ सय ७० जना, अर्थशास्त्रको ४८ जना, शिक्षाको १६ र लेखाको ३ जना परिक्षार्थीले परिक्षा दिने जिल्ला शिक्षा कार्यलय गुल्मीले जनाएको छ । यस बर्षको मौका परिक्षा शनिबार समेत सञ्चालन हुने छ । यस अघि गत श्रावण २० गते बसेको एसएलसि परिक्षा समन्वय समितीको बैठकले ४ ओटा केन्द्र र ती केन्द्रमा केन्द्राध्यक्ष समेत तोकिसकेको परिक्षा समन्वय समितीका सदस्य सचिव तथा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताउनुभयो । सम्बन्धित बिद्यालयको प्रधानाध्यापक सोहि बिद्यालयको केन्द्राध्यक्ष हुन नपाउने पुरानो प्रावधान परिमार्जन भएकोले यसबर्ष सम्बन्धित बिद्यालयमा सोहि बिद्यालयको प्रधानाध्यापकलाई केन्द्राध्यक्ष तोकिएको पौडेलले बताउनुभयो ।
परिक्षालाई सञ्चालन गर्नको लागि सदरमुकाम तम्घास स्थित सिद्धबाबा उच्च माध्यामिक बिद्यालयमा २ र महेन्द्र उच्च माध्यामिक बिद्यालयमा २ ओटा केन्द्र तोकिएको छ । परिक्षालाई मर्यादित रुपमा सफल बनाउनको लागि सहयोग गर्न सम्बन्धित सबैलाई परिक्षा समन्वय समितीले आग्रह गरेको छ । एसएलसी परिक्षा गत चैत १० गते देखि १८ गते सम्म सञ्चालन भएको थियो भने नतिजा असार ६ गते प्रकाशित भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग