Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

७० वर्षिय वृद्ध होटेल देखि बेपत्ता

Published on 10:06:00 PM //


ऋषिराज भुसाल
गुल्मी जिल्लाको सदरमुकाम तम्घासको एक होटलबाट एक ७० वर्षिय वृद्ध चार दिन देखि बेपत्ता छन् ।
गुल्मी जिल्ला बाँझकटेरी गाविस वार्ड नं. ९ निवासी गाविसका निवर्तमान गाविस उपाध्यक्ष मुक्तिराम भुसाल यहि भदौ १ गते विहान ६ः३० बजे चिया खाएर तम्घास १ साहुटोल स्थित रोचक गेष्ट हाउस बाट तम्घास ८ मा रहेका आफन्त जितेन्द्र भुसाललाई भेट्न भनि हिडे पछि विचबाटै बेपत्ता भएका हुन् ।
गाविसमा पर्ने सिर्सेनि मालिका स्थान मोटर बाटो उपभोक्ता समितिका अध्यक्ष समेत रहेका भुसाल आर्थिक वर्ष २०६७ र ०६८ मा संचालन भएको मोटर वाटो विकास योजनाहरुको फरफारक गर्न भनेर गत साउन ३० गते तम्घास आएका हुन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग