Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कांग्रेस ह्वाङ्दीको तिजगित प्रतियोगिता सम्पन्न

Published on 1:28:00 AM //

टोपलाल अर्याल 
नेपालि काङ्रेस गाउँ कार्य समिती ह्वाङ्दी गुल्मीको आयोजनामा हरीतालिका तिज र ऋषि पञ्चमीको अबसरमा तिज गीत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका गुल्मी क्षेत्र नम्बर ३ का सभापति दामोदर भुसालले राजनितिको उदेश्य दिगो शान्ति र बिकास भएको बताउनुभएको थियो । सोही अबसरमा अन्य पार्टी परित्याग गरी कागेंसमा प्रवेश गरेका १ सय ७० जना लाई स्वागत तथा सम्मान गरीएको थियो । कार्यक्रममा निस्ती मदाने युवा कल्वका अध्यक्ष टिका जिएम, माओबादी गाबिस इन्चार्ज शुसिल बुढा, गाउँ इकाई कमिटिका अध्यक्ष द्रोण श्रीष, अर्खबाङ् गाबिसका बरिष्ठ युबा नेता उपेन्द्र अमिल लगाएतले काग्रेसको भुमिका र बिकसीत परिबेशको बारेमा आ-आफ्ना भनाई राख्नुभएको थियो । देबिस्थान उच्च माध्यामिक बिद्यालयका शिक्षक उपेन्द्र अर्यालको स्वागत मन्तव्य रहेको कार्यक्रम नेबिसंघका अध्यक्ष रमेश बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबिच स्नादेवि सामुदायिक वन उपभोत्ता समिती निराङ गाविस प्युठानको आयोजनामा तिजगीत प्रतियोगिता सम्पन्न भएको छ । ६ ओटा समुहले प्रतिष्प्रधा गरेको प्रतियोगितामा स्नादेवि प्रगतिशिल सामुदायिक सस्थां प्रथम, कालिका आमा समुह द्धितीय, जनता मावि टिमुरचौर तृतिय र प्रगतिशिल प्राथमिक बिद्यालय शान्तव्ना भएका छन् । जनता माध्यामिक बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर महतराको प्रमुख आतिथ्यता रहेको प्रतियोगिता वन उपभोत्ता समितीका अध्यक्ष हुम बहादुर महतराको अध्यक्षता, सचिव रोम बहादुर वस्नेतको स्वागत मन्तव्य र नेपाल जुनियर रेडक्रस सोसाईटि जनता उच्च माध्यामिक बिद्यालयका अध्यक्ष बलेन्द्र एमसिको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग