Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बजारक्षेत्रका सडक बत्ती नबल्दा समस्या

Published on 2:51:00 PM //

शिबलाल सुबेदी
लामो समयदेखि बजारका केही क्षेत्रका सडक बत्तीहरु नबल्दा बजारक्षेत्रमा रातको समयमा समस्या हुने गरेको छ ।
जिल्लाको सदरमुकाम तम्घासका सडक बत्ती लामो समयदेखि मर्मत हुन नसकेपछि रातको समयमा बजारमा समस्या हुने गरेको हो । यसरी बजार क्षेत्रका लामो समयदेखि बिग्रेका सड्कबत्तीको मर्मत नहुदाँ बजारका सड्कहरु अध्यारा भएका छन भने रातको समयमा बिभिन्न समस्याहरु उत्पन्न हुने गरेको बजारवासीहरुको गुनासो रहेको छ । सदरमुकाम तम्घास बजारका पुरै क्षेत्रमा सडक बत्ती बिस्तार त हुन सकिरहेको छैन तर  बिस्तार भएका सडक बत्तीहरु पनि लामो समयदेखि मर्मत नभएपछि बजारका सड्कहरु अध्यारा भएका हुन । 
सदरमुकाम तम्घास बजारका पुरै सडकहरुमा रहेका पोलहरुमा २०६८ साल बैशाख महिना भित्रै सड्बत्तीहरु जडान गरिसक्नु पर्ने थियो तर त्यसो नभई जडान भएका पोलहरुमा बिग्रेका समेत सड्कबत्तीहरु मर्मत हुन सकिरहेका छैनन । यसरी सदरमुकाम तम्घास बजार क्षेत्रमा पुरै सडक बत्ती बिस्तार नहुनु तथा भएका सडक बत्तीहरु पनि मर्मत नहुदाँ एकातिर बजारमा चोरी डकैती जस्ता घटनाहरुको सम्भावना उत्तिकै रहेको छ भने रातीमा बाहिरबाट आउने पैदलयात्रुहरुलाई आवतजावतमा ठुलो समस्या हुने गरेको छ । त्यस्तै रातको समयमा गस्ती गर्न प्रहरीलाई समेत समस्या हुने गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग