Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेर्नोस त बिजोग रेसुङ्गा बिमानस्थलको (भिडियो रिपोर्ट)

Published on 5:48:00 PM //

बिकासे काममा लामो हात गर्न पल्केका ठेकेदारको के कुरा ! अनी ठेकेदारको कमिशनको भरमा सरकारी काम प्रती बेमत्लबी भईदिने सरकारी अनुगमन र निरिक्षण, के हो नियत ? प्रसँग गुल्मीकै हो । गुल्मीमा निर्माणाधिन बिमानस्थल निर्माण सम्पन्न नहुँदै अलपत्र परेको छ । त्यसो त यो त्यही बिमानस्थल हो जसलाई गुल्मीका नेता ज्यूले चुनावमा भोट् बटुल्न गुलियो आश्वासन बाँडेका थिए, गुल्मीबासी सामु । जसैगरी नेताले चुनाव जिते, निकै समय ओझेलमा पनि पर्‍यो बिमानस्थल निर्माण योजना तर जनताको बल र आवश्यकताले ८ करोडको लागतमा रेसुङ्गा बिमानस्थल निर्माणको थालनी त भयो तर राजनैतीक अस्थिरताका कारण पुन: अलपत्र पर्‍यो । ठेकेदार बिचैमा काम रोकेर बेपत्ता छ यतिखेर । अब भन्नुहोस् राज्यकोषको चरमा दुरुपायोगको यो नमुना प्रतिको लापार्वाही कस्को हो त ?   
अब त बिकासे काम नेताहरुको चुनावी नारा मात्रै भएका छन भन्दा फरक नपर्ला । चुनावका बेला यसो गर्छु उसो गर्छु भन्दै जनताका घर दैलोमा जान्छन हाम्रा नेता ज्यूहरु तर जितेपछी कता हराउँछन पत्तै हुन्न । प्रसँग हो गुल्मीमा निर्माण हुँदै गरेको रेसुङ्गा बिमानस्थलको । २०६३ सालदेखी निर्माण सुरु भएको रेसुङ्गा बिमानस्थलको काम सम्पन्न हुन त परै जाओस अब कहिले सम्पन्न हुन्छ पत्तै छैन । काम अलपत्र पारेर ठेकेदार कता कुलेलाम ठोक्यो त्यो पनि कसैलाई थाहा छैन । बिमान्स्थल बन्ने भएपछी कती जनताले आफ्नो घर खुशी हुँदै सारे भने कतीले त यदी बिमानस्थल बन्छ भने आफ्नो घरबारी सबै दिने बताउछन (सुन्नुहोस् तल भिडियोमा) । सदरमुकाम तम्घासदेखी झन्डै चार किलोमोटर दुरिमा रहेको सिमिचौरमा निर्माणधिन यो बिमानस्थल स्थानिय समुदायको ३ करोड र सरकारको ५ करोड गरी कुल ८ करोडमा सम्पन्न गर्ने लक्ष्य थियो । 
गुल्मी क्षेत्र नम्बर २ का एमाले सभाषद प्रदिप ज्ञवालीले आफु पर्यटन मन्त्री हुँदा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट रु ५० लाख बिनियोजन गरी काम शुरु गरेका थिए । तर त्यसपछी निर्माणकार्य सम्पन्न गर्न न ज्ञवालिको ध्यान पुग्यो न त अन्य दल र सरकारको नै । स्थानियबासी भन्छन "चुनाब जित्ने प्रकृयाबाट मात्र निर्माण शुरु भएकाले अनी राजनीतिक दलमा काम सम्पन्न गर्ने इच्छा शक्ती नभएकाले निर्माण कार्य अलपत्र भएको हो ।" 
बिमानस्थल निर्माणको लागि भन्दै स्थानिय २५ घर परिवारलाई अन्यात्र सारीयो । त्यो बेला बिमानस्थल बन्ने भो भन्दै स्थानिय जनताहरु र सरोकारवालाहरु खुशीले गदगद भनेका थिए । तर अहिले उनिहरुको आशा पनि मरिसक्यो । एमाले नेता प्रदिप ज्ञवालिले यसै बिमानस्थललाई भजाएर जनताको मत पनि नबटुलेका हैनन । तर अहिले जनताले लगाएका गुन चटक्कै बिर्सिएका छन उनले । कतै फेरी यो अपुरो बिमानस्थललाई पुरा गर्ने आश्वासन दिएर अर्को निर्वाचनमा चुनावी नारा बनाउने खेल त होइन नेता ज्यूको ? यो जन जनको प्रश्न जनतालाई आश्वासअन बाँड्न खप्पिस नेता ज्यूहरुलाई । 
भिडियो तल छ । भिडियो सौजन्य: एभिन्युज टेलिभिजन

(जनार्दन घिमिरेले एभिन्युज टि.भीको लागि तयार पारेको रिपोर्ट )

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग