Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ बिकासका लागि रुपाकोटेहरुको गोष्ठी सम्पन्न

Published on 1:22:00 AM //

रुपाकोट समाज गुल्मीको आयोजनामा भदौ २४ गते बुटवलमा "रुपाकोटको समग्र बिकासका लागि रणनीतिक योजना तथा आवधिक कार्यक्रम" बिषयक कार्यशाला गोष्ठी सम्पन्न भयो । शनिबार बिहान करीब ८ बजे देखि शुरू भएको सो कार्यक्रमको अध्यक्षता रुपाकोट समाज सहकारी संस्थाका अध्यक्ष स्थानेश्वर भण्डारीले गर्नुभएको थियो भने संचालन रुपाकोट समाज, बुटवलका अध्यक्ष यज्ञ गैरे द्वारा भएको थियो ।
रुपाकोट समाज बहुउद्देसीय सहकारी संस्था ली., रुपाकोट, रुपाकोट समाज, बुटवल, रुपाकोट समाज गुल्मी काठमांडू का पदाधिकारी, सल्लाहकार र रुपाकोटका बुद्धिजीवी, समाजसेवी र विज्ञहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा चितवन, भैरहवा र नेपालगंजबाट पनि सहभागीहरू उपस्थित हुनुहुन्थ्यो. कृषी, पशुपालन तथा वनको क्षेत्रमा रुपाकोटका सम्भाबना र चुनौतिको बिसयमा यम बहादुर थापा, डिलाराम भण्डारी, उमानाथ भण्डारी, कृष्ण भण्डारी र बिष्णु भण्डारीको समुहले अध्ययन गरि कार्यपत्र पस्तुत गरेको थियो भने शिक्षा सम्बन्धि कार्यपत्र गोपाल गैरे, भिमलाल भण्डारी, मोहन न्यौपाने आदिको समुहले प्रस्तुत गरेको थियो । 

त्यसै गरि स्वास्थ्य सम्बन्धि कार्यपत्र झबिन्द्र भण्डारी, चुडामणि भण्डारी, तथा सुरज कुमार भण्डारीको समुहले तथा उद्योग ब्यबसाय सम्बन्धि कार्यपत्र गिरिराज भण्डारी, मेघराज भण्डारी, शंकर भण्डारी आदिको समुहले प्रस्तुत गरेको थियो । साथै अन्य कार्यपत्रहरुमा लोकनाथ गैरे, प्रेम थापा, बनिका भण्डारी आदिको समुहले सहकारी र संस्थागत बिकास सम्बन्धि कार्यपत्र प्रस्तुत गरेको थियो भने सामुदायिक बिकासका अन्य अन्तरसम्बन्धित बिसयहरु सम्बन्धि कार्यपत्र शिभ भण्डारीले प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि केयर नेपाल का प्रशिक्षकले प्रत्याबर्तन वृत्त reflect circle का प्रकृया तथा प्रयोगका सम्भाबना तथा एप्रिसिएटिभ् इनक्वारी को बिषयमा राम बहादुर राउतले प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा अनन्त भण्डारीले रुपाकोट सम्बन्धी कविता प्रस्तुत गर्नुभएको थियो । साथै भर्खरै रुपाकोट १ मा स्थापना गरिएको शारदा पुस्तकालयलाई सोही कार्यक्रम मार्फत करीब १ लाख ५० हजार बराबरको १५०० थान पुस्तक हस्तान्तरण गरिएको खडानन्द भण्डारीले जानकारी दिनुभयो ।   
सामुदायिक बिकासका अन्य अन्तरसम्बन्धित बिसयहरु सम्बन्धि कार्यपत्र शिभ भण्डारी, प्रकाश न्यौपाने, यज्ञ गैरे, दिनानाथ भण्डारी आदिको समूहले प्रस्तुत गर्नु भएको थियो । यसैगरी सोहि कार्यक्रममा प्रस्तुत कार्यपत्र माथि छलफल र टिप्पणी गर्दै गिरिराज भण्डारी, खिमराज भण्डारी (शिक्षक ),चुडामणि भण्डारी, लक्ष्मी भण्डारी (शिक्षक) भामलाल भण्डारी(शिक्षक) दुर्गा श्रेष्ठ, शंकर भण्डारी (पु. शिक्षक) कृष्ण भण्डारी, खिमलाल भण्डारी, ज्योतिमान प्रधान (शिक्षक ), बनिका भण्डारी, इन्द्रमणि भण्डारी, यम बहादुर थापा आदिले रुपाकोटको धरातलीय यथार्थ, ब्यबहारिक चुनौतिहरु प्रस्तुत गर्दै आगामी दिनमा रुपाकोट कै बिज्ञ संग पनि समन्वय गरि कार्यपत्र तैयार गर्ने बिषयमा आफ्ना धारणाहरु ब्यक्त गर्नु भएको थियो । सबै सहभागीहरुले उक्त कार्यशाला रुपाकोटको बिकासका लागि एउटा आशालाग्दो शुरुवात भएको र यसले ब्यबहारिक कार्यान्वयनमा पनि निरन्तरता पाउनु पर्ने धारणा ब्यक्त गरे । रुपाकोट समाज, गुल्मी काठमाडौँ को संयोजनमा संकलित पुस्तक हरु प्रदान गर्दै पुस्तकहरुको उचित संरक्षण र सहि प्रयोग भए आगामी दिनमा थप संस्थाहरु संग समन्वय गरि पुस्तक उपलब्ध गराउन सकिने धारणा ब्यक्त गरियो । प्रस्तुत कार्यपत्र हरु माथि उठेका टिप्पणी, सल्लाह तथा शुझाबहरुलाई संकलन गरि रुपाकोट समाज गुल्मी काठमाडौँका सचिब प्रकाश न्यौपाने, रुपाकोट समाज बुटवलका सचिब थानेश्वर भण्डारी तथा रुपाकोट सहकारीका सचिब राजकुमार न्यौपानेले प्रतिबेदन तैयार गर्ने निर्णय भएको थियो ।
रुपाकोटका सबै पक्ष र बिसय संग सम्बन्धित व्याक्तिहरुको उपस्थिति रहेको उक्त कार्यशालाले बिकासका रणनीतिक योजना, सम्भाबना र चुनौतिहरुको निर्क्यौल गर्दै एक वर्ष, दुइ बर्ष र पाँच वर्ष लगायत दीर्घकालमा गर्न सकिने कार्य तथा त्यसका लागि चाल्नुपर्ने ठोस कदमको बारेमा प्रतिबेदन तयार पारेको थियो ।  यसैगरी आगामी असौज १७ गते पुन रुपाकोटको म्यालपोखरामा पुन: अर्को कार्यशालाको आयोजना गर्ने निर्णय पनि समाजअले गरेको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग