Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारीहरुको छाता संगठनमा जोड

Published on 3:41:00 PM //

सकिला खातुन  
जनमुखी सेवा, पेशागत हकहित र भष्ट्रचार मुक्त समाज निर्माणका लागि देशका निजामती कर्मचारीहरु राजनैतिक आस्थाका आधारमा संगठित नभई सिङ्गो छाता संगठनमा आवद्ध हुनुपर्नेमा आज एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
सोमबार सदरमुकाम तम्घासमा नेपाल निजामती कर्मचारी युनियन दिवस उद्घाटन समारोहका सहभागी वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन् । समारोहका प्रमुख अतिथि एवं निजामती कर्मचारी युनियनका केन्द्रिय सदस्य जयश्वर पन्थीले युनियनले निजामती कर्मचारीहरुको छाता संगठन बनाउनका लागि संर्घष गर्दै आएको बताउनु भयो । युनियनले सबै राजनितिक आस्था र बिचार बोक्ने निजामती कर्मचारीहरुको हकहित र संरक्षण गर्दै आइरहेको दावी गर्दै पन्थीले देशका ५ वटा निजामती कर्मचारीहरुका संगठनबाट चुनावी प्रतिष्पर्धाबाट छाता संगठन निर्माण हुनु पर्नेमा जोड दिनु भएको थियो । यसो गर्न सके मात्र कर्मचारीहरुको हकहित, संरक्षण हुनुका साथै जनमुखी सेवा प्रदान र भ्रष्टचारमुक्त देश बनाउन सकिने उहाँको धारणा थियो ।
२०६४ साल देखी आधिकारिक टे«ड युनियन निर्माणकालागि सरकारले चुनाव गराइदिनु पर्ने आफुहरुको माग अहिले सम्म सुनुवाई नभएकोले आफुहरु आन्दोलनरत रहेको पन्थीको भनाई थियो । जिल्ला प्रशासन गुल्मीका मुद्दाफाट प्रमुख समेत रहेकाकेन्द्रिय सदस्य पन्थीले २ जना भ्रष्ट कर्मचारीहरुले सम्रग कर्मचारीहरुलाई बदनाम गराउने भएकाले भ्रष्टचारमुक्त जिल्ला बनाउने प्रमुख जिल्ला अधिकारीको प्रयासलाई सबैकर्मचारीले साथ दिनु पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रमका बिशेष अथिती प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले कार्यलयलाई सेवामुखी बनाउन कार्यलय प्रमुुख देखी कार्यलय सहयोगीको समेत अहम भुमिका रहने भएकोले भ्रष्टचारमुक्त जिल्ला बनाउने प्रयासलाई सबैको सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
गुल्मी जिल्लाका कर्मचारीहरु उदाहरणीय छन् भन्ने संदेश दिने गरी काम गर्न सहभागी निजामती कर्मचारीलाई निर्देशन दिनु भएको थियो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका जिल्ला सेक्रेटरी अरुण देवकोटा, नेपाली कांग्रेसका जिल्ला सचिव विष्णु बलाल, नेकपा एमालेका प्रचार विभाग प्रमुख शेषकान्त गौतम, राप्रपाका जिल्ला अध्यक्ष भरतबहादुर चन्द, नेपाल स्वास्थ्य कर्मी संघ गुल्मीका महेश श्रेष्ठ, गुल्मी उद्योग बाणिज्य संघका उपाध्यक्ष दर्गा पाण्डेय , नेपाल निजामती कर्मचारी संघठनका जिल्ला अध्यक्ष लोकनाथ मरासिनी, नेपाल महिला संघकी अध्यक्ष विष्णुकुमारी सापकोटा लगाएतका वक्ताहरुले निजामती कर्मचारी युनियन गुल्मीले केन्द्रमा भन्दा अझ रचनात्मक र आम कर्मचारीहरुलाई उर्जा दिने खालको कार्यक्रम गर्दै आएको बताएका थिए । कांग्रेस निकट मानिने निजामती कर्मचारी युनियनमा जिल्लाका झण्डै ७५ प्रतिशत कर्मचारी आवद्ध भएको भन्दै केन्द्रमा नसही जिल्लामा युनियनले सारा कर्मचारीहरुको छाता संगठनको रुपमा आफुलाई उभ्याउदै आएको दावी गरेको छ ।
युनियनका जिल्ला अध्यक्ष खेमलाल पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिप्रसाद गैरेको स्वागत मन्तब्य र सचिव पिताम्बर पन्थीको सञ्चालन रहेको थियो । यसैबिच स्थापना दिवशको अवशरमा युनियनले आइतबार सम्पन्न जिल्लाका महिला कर्मचारीहरु बिच भएको म्युजिकल कुर्सी दौडकी बिजेता पार्वता भुसाल, यस वर्षको एस.एल.सी परिक्षामा सामुदायिक र संस्थागत विद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याउने २ विद्यार्थिका अभिभावक र सेवा निवृत्त कर्मचारीहरुलाई कदर सम्मान पत्रका साथ सम्मान गरिएको छ । युनियनले आज विहान तम्घास अस्पतालका विरामीहरुलाई फलफुल वितरण समेत गरेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग