Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कर्मचारीहरुमा डाइवेटिक रोगको परिक्षण सुरु

Published on 3:41:00 PM //

प्रेम सुनार 
नेपाल नेत्र ज्योती संघ गुल्मीले आज देखी जिल्लाका कर्मचारीहरुलाई अाँखाको डाइवेटिक रोग परिक्षण कार्य सुरु गरेको छ । संघले आज प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालबाट यस्तो कार्यको सुरुवात गरेको हो । अब जिल्लाका निजामती, प्रहरी र सेनाको व्यारेक सम्म डाइवेटिज रोगको परिक्षण गरिने नेत्र ज्योती संघ गुल्मीका सभापति भरतबहादुर चन्दले बताउनु भयो । गत डेढ बर्ष देखि विश्व स्वास्थ्य संगठन ध्ज्इ ले राखेको भिजन ट्वान्टी÷ट्वान्टी नामक कार्यक्रम अन्र्तगत सघंले जिल्लाका १३ हजार मानिसमा गरेको परिक्षणमा ३ सय जना डाइवेटिक रोगका विरामी फेला परेको संघका सचिव अखिलेश्वर प्रसाद पाण्डेले बताए ।
सन् २००० सम्ममा मानिसका आँखाहरुमा मोतीया बिन्दु, जलबिन्दु, दृष्टीदोष, चोटपटक र ट्रगोमा जस्ता रोगहरु हुन नदिने र आँखाको पर्दा बचाउने ध्ज्इ को लक्ष्य अनुसार यसपाली कर्मचारीहरुलाई संघको आफ्नै साधान श्रोतबाट परिक्षण कार्य सुरु गरिएको संघका सभापतिले बताए । मानिसलाई सुगर डाइवेटिक रोगले मानिसको आँखा, मुटु र मृगौलामा रोग लाग्ने भएकाले यस रोगको सर्वेक्षण गर्न सुरु गरिएको र तत्पश्चात विशेषज्ञ सहितको टोलीले शिविर सञ्चालन गरि यस रोगको उपचार गर्ने कार्यक्रम रहेको उप सभापति शेरबहादुर थापाले बताए । डाइवेटिक रोग परिक्षण कार्यक्रममा संघका ३ पदाधिकारी सहीत सदस्य हरी केसी परिक्षणकर्ता घनबहादुर थापा र विष्णु खत्री आज देखी जिल्ला प्रशासन हुँदै विभिन्न सरकारी कार्यलयमा पुग्दै छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग