Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अबरुद्ध मोटरबाटो सञ्चालनमा

Published on 1:56:00 AM //

मनोज बस्नेत
बर्षाको कारणले केहि महिना देखि अवरुद्ध बनेको मर्र्भुङ सिमलटारी, सिर्सेनी देउराली खनदह मोटरबाटो सञ्चालनमा आएको छ । बाटोको बिचबिचमा खसेका पहिरोहरु चार्डपर्वहरुलाई मध्यनजरमा गरि मोटरबाटो उपभोत्ता समितिले डोजर लगाई हटाएपछि आज बाट मोटरबाटो सञ्चालनमा आएको हो । तिन दिन लगातार डोेजर लगाई मोटरबाटोको मर्मत गरिएपछि हिजोबाट गुल्मी तम्घासबाट दैनिक एउटा जिप सिर्सेनी ८ देउरालीलागी छुट्न थालेको छ ।
यसरी नियमीत जिप छुट्न थालेपछिे सिर्सेनी लगाएत बाझँकटेरी, अग्लुङ र प्युठानको केहि क्षेत्रका बासिन्दालाई तम्घास आवतजावत गर्न सहज हुनुका साथै मालसामान ढुवानीमा समेत सजिलो भएको छ । यसअघि त्यस क्षेत्रका बासिन्दालाई तम्घासको गाडी चढ्नकोलागी हिडेर वाग्ला द्धवानेटा र मर्भुङ सिमलटारी पुग्नुपर्ने बाध्यता रहेको सहकर्मी धिरेन्द्र भट्टराईले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग