Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बङ्गालो भत्कीदा दुई घाईते, केही पशुचौपाया मरे

Published on 2:23:00 AM //

शिबलाल सुबेदी
केहिदिन अगाडि गएको भुकम्पको कारण चर्किएको ढुङ्गे वङ्गालो भत्कीदा गुल्मीको घमिर गाविसमा दुई जना गम्भिर घाईते भएका छन । गुल्मीको घमिर गाविस वार्ड नं. ३ निवासी भोटवहादुर नेपालीको ढुङ्गे वङ्गालो शनिवार राती परेको वर्षातसँगै भत्किदा वङ्गालोमा वस्दै आएका २३ वर्षिय सुन्तली नेपाली र उनका डेढ वर्षिय छोरा गम्भिर घाईते भएका हुन् । घाईते दुवै आमा छोराको स्थानीय मेडिकलमा उपचार भईरहेको छ । 
गोठले चाँपिएर घाईते भएकि सुन्तलीको ढाड,गर्धन तथा अनुहारमा चोट लागेको र अवस्था गम्भिर रहेको वताईएको छ । वङ्गालो भत्कीदा त्यसमा रहेका एक भैसी, एक वाख्रा, छ ओटा कुखुरा मर्नुका साथै वङ्गालोमा रहेका घाँस, दाउरा तथा लत्ता कपडा समेत सबै पुरिएका नष्ट भएको स्थानीयवासीहरुले बताएका छन् । रातको समयमा सुतिरहेको वेला वङ्गालो भत्कीएपछि च्याँपिएका आमा छोरा तथा पशुचौपायाको स्थानीयवासीन्दाले उद्धार गरेका थिए । घाईते सुन्तलीका श्रीमान रोजगारीको सिलसिलामा बिदेशमा रहेका छन ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग