Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सुनचाँदी व्यवसायीहरुको अन्तरकृया कार्यक्रम सम्पन्न

Published on 2:24:00 AM //

सीता भण्डारी 
सुनचाँदी व्यवसायलाई थप व्यवस्थित र मर्यादित वनाउनेपर्ने विषयमा एक कार्यक्रमका सहभागीहरुले जोड् दिएका छन् ।  सुन चाँदी व्यवसायी संघ गुल्मीले आयोजना गरेको वर्तमान अवस्थामा सुनचाँदी व्यवसायको महत्व र व्यवसायीहरुको भुमिका विषयक अन्तरकृयाका कार्यक्रमका सहभागीहरुले यस्तो वताएका हुन् । कार्यक्रममा पाँच वर्षअघि निर्धारण गरिएको ज्याला दर हालसम्म पनि सोही दरमा काम गर्नुपर्ने भएको भन्दै सहभागीहरुले एउटा उपसमिति गठन गरी ज्याला दर निर्धारण गर्नुपर्ने र जिल्लाभर ज्यालादरमा एकरुपता ल्याउनुपर्नेमा जोड् दिईएको थियो । कार्यक्रममा अर्घाखाँची सुनचाँदी व्यवसायी संघका वरिष्ठ सल्लाहकार राम वसुले वंगाली लगायतका वाहिरी कालिगढ भित्राउनुको साटो जिल्ला भित्रकै सुनारहरुलाई स्थापित गर्न सके सुनारे पेशा संकटमा नपर्नेमा जोड् दिनुभएको थियो । व्यवसायीहरुले सुनचाँदीको मुल्य आकाशिय लगतै व्यवसायीहरुको सरक्षाको लागि समेत प्रशासनीक क्षेत्रवाट विशेष पहल गर्नुपर्नेमा जोड् दिएका थिए । कार्यक्रममा संघका कोषाध्यक्ष झविन्द्र विश्वकर्मा, गोपाल सुनार, क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष प्रेम सुनार लगायतले आ–आफ्नो धारणा राखेका थिए । अव छिट्टै उपसमिति गठन गरेर सुनचाँदी व्यवसायलाई व्यवस्थित पार्नका लागि अनिवार्य रुपमा सुनचाँदी व्यवसायलाई दर्ता र नविकरण गर्नुपर्ने अन्तरकृया कार्यक्रमले निष्कर्ष निकालेको संघका सदस्य धर्म विश्वकर्माले वताउनुभयो । सुनचाँदी व्यवसाय संघ गुल्मीका अध्यक्ष वालकृष्ण वरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामु सुनारको स्वागत मन्तव्य र सचिव नारायण वरालको सञ्चालन रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग