Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

झबिन्द्र सरलाई बिदाइ

Published on 2:15:00 PM //

टोपलाल अर्यालइन्दीरा माध्यामिक बिधालय धुर्कोट रजस्थल गुल्मीमा लामो समय देखी अध्यापन गराउदै आउनुभएका शिक्षक लाई आज एक समारोहका बिच बिदाई गरीएको छ । २०४० फागुन १ गते देखी अध्यापन गराउनु भएका झबिन्द्र लाल केसीलाई आज बिदाई गरीएको हो । विदाई कार्यक्रममा वोल्दै केसीले शिक्षा क्षेत्रको विकासका लागी सवैले काँधमा काँध मिलाएर अगाडि वढ्नुपर्ने वताउनुभयो ।कार्यक्रममा विदाई भएर जाने शिक्षक केसीलाई विद्यालयको तर्फवाट दोसल्ला सहित मयााको चिनो प्रदान गरिएको थियो भने विद्यार्थीहरुले पनि मयााको चिनो प्रदान गरेका थिए । भुतपुर्व बिधालय व्यबस्थापन समितिका अध्यक्ष भेष वहादुर खत्रीको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा प्रधानाध्यापक हरि प्रसाद घिमिरे, शिक्षक गुणनिधी घिमिरे, रामप्रसाद घिमिरे, गोपाल वहादुर खत्री, लोक वहादुर केशी, सीता कुमारी खरेल भण्डारी, वामदेव भण्डारी लगायतले मन्तव्य व्यक्त गर्दै शिक्षकको केसीको उत्तरउत्तर प्रगतिको कामना समेत व्यक्त गर्नुभएको थियो । शिक्षक रेशम थापाको स्वागत मन्तव्य रहेको कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम प्रसाद भण्डारीको अध्यक्षता र शिक्षक कृष्ण केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग