Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीलाई खुल्ला दिशा मुत्त क्षेत्र घोषण गर्ने बारे छलफल

Published on 9:33:00 PM //

मनोज बस्नेत
गुल्मी जिल्लालाई खुल्ला दिशा क्षेत्र मुक्त गर्नको लागी आज गुल्मीको सदरमुकाम तम्घासमा सरोकारवालाको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गुल्मी जिल्लाका सरकारी तथा गैर सरकारी कार्यलयका प्रतिनिधीहरुको उस्थिती रहेको कार्यक्रममा स्थानिय बिकाश अधिकारी हिरालाल रेग्मीले खुल्ला दिशा मुत्तक्षेत्र घोषणा गर्ने सवालमा गुल्मी जिल्ला अरु जिल्लाको तुलनामा पछाडि परेकाले यो अभियानलाई सफल बनाउनको लागी जिल्लाका राजनितीक दल, विभिन्न सरकारी तथा गैर सरकारी कार्यलय, स्थानिय सरोकारवाला व्यक्ती, बिद्यार्थी तथा पत्रकार सबैले आ–आफ्नो क्षेत्रबाट उल्लेख्य भुमिका निर्बाह गर्नु पर्ने बताउनु भएको थियो ।
कार्यक्रममा सहभागीहरुले यो अभियान गर्नको लागी गाह्रो हुने र यसमा सबैको सहयोग भएमा मात्र सफल भइने लगायतका सुझाव सल्लाह दिएका थिए । अहिले खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने कार्य जैसिथोक, कुर्घा, र पराल्मी गाविसमा सञ्चालनमा भइको छ । यी गाबिसहरुमा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नको लागी सरोकारवालाहरुले प्रतिबद्धता ब्यक्त गरेका छन । अभियानलाई  गुल्मीका २० गाबिस  गरि बिस्तारै ७९ वटै गाबिसमा संञ्चालन गर्ने समितीका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिनुभयो ।  
कार्यक्रममा एकिकृत नेकपा माओवादीका बुद्धी बहादुर जि सी, नेकपा एमालेका गणेश श्रीपाली, राष्ट्रिय जनमोर्चाका जिवन राना राप्रपाका भरत चन्द्र, स्थानिय बिकाश अधिकारी हिरालाल रेग्मी, जिल्ला शिक्षा कार्यलयका हरिलाल अर्याल,जिल्ला वन कार्यलयका कार्यलय शिब प्रसाद शर्मा, जिल्ला स्वाथ्यका श्रवणकुमार नायव खानेपानी तथा उपभोक्ता महासंघ गुल्मीका अध्यक्ष मधुकृष्ण पन्त, सचिव बिस्नु प्रसाद पौड्याल, कोषध्यक्ष युवराज भण्डारी, सदस्य भुवन प्रसाद श्रेष्ट, महाशर्मा भण्डारी, बिस्नु प्रसाद भण्डारी ,रामल्ल ठकुरी, देव बहादुर बस्नेत लगाएतको उपस्थिती रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग