Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बलत्कार गर्न खोज्ने प्रहरी खोरमा

Published on 3:48:00 PM //

नरेश भण्डारी
हुँगा गाविस-९ की ३९ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा गिरफ्तार परेका रुपाकोट गाविस-९ का २७ वर्षीय रमेशकुमार थापालाई ०६८ असोज १० गते जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

मजुवा भन्ने स्थानबाट घर र्फकदै गर्दा रुपाकोट गाविस-९ को बोटेगाउँस्थित बरबोटमा ०६८ असोज ६ गते थापाले ती महिलालाई लछारपछार गर्दै बलात्कार प्रयास गरेको महिलाले ०६८ असोज ७ गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा प्रहरीले थापालाई ०६८ असोज ८ गते गिरफ्तार गरी अनुसन्धान गरेको थियो ।

बलात्कार प्रयासका क्रममा निधार र गालामा चोट लागेकी पीडित महिलाको जिल्ला अस्पतालमा उपचार भयो । घटनाका आरोपित थापाले प्रहरीसमक्ष बयानका क्रममा अभियोग स्वीकार गरेको इन्सपेक्टर श्यामु अर्यालले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग