Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

घैँटो फुटाउन नसक्ने कर्मचारी

Published on 1:13:00 PM //

घनश्याम गौतम
निजामती कर्मचारीहरुले सेवा दिवसको अवसरमा विभिन्न बौद्धिक तथा रचनात्मक कार्यक्रम गरी निजामती सेवा दिवस मनाएका छन् । दिवसको अवसरमा अन्तर कार्यालय कर्मचारीहरु बिच गरिएको हाजिरी जवाफ प्रतियो गितामा मालपोत कार्यालय प्रथम भएको छ । त्यस्तै जिल्ला प्रशासन द्धितिय र महिला तथा बालबालिका कार्यालय तृतिय भएका छन् । 
दिवसकै अवसरमा कर्मचारीहरु बिच कुर्ची दौड र घैटो फोर प्रतियोगितामा कुर्ची दौड तर्पm जिल्ला प्रशासन कार्यालयकी शोभा कार्कीले प्रथम स्थान हासिल गरिन भने घैंटो फोर तर्पm कसैले पनि घैटो फुटाउन नसकेको खेलकुद उपसमिति संयोजक बिजय रानाले बताए । प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको संयोजकत्वमा गठन भएको मुल आयोजक समितिमा कार्यालय प्रमुखहरु र ट्रड युनियनका प्रमुखहरु सदस्य छन् । समितिले तम्घास बजार सरसफाई, जिल्ला अस्पतालका विरामहरुलाई फलफुल समेत वितरण गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग