Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाईले जन्मायो जुम्ल्याहा बाच्छाबाच्छी

Published on 1:21:00 PM //

घनश्याम गौतम  
जैसीथोकका सामान्य किसानले पालेको उन्नत गाईले जुम्ल्याहा बाच्छाबाच्छी जन्माएको छ । जैसिथोक–९ रौताडीका किसान शोभाखर पोखरेलले पालेको गाईले दुई बाच्छाबाच्छी जन्माएको हो । रुपन्देहीको देवदहबाट खरीद गरी ल्याएको उन्नत जातको गाईले यस अघि एउटा मात्र बाच्छी जन्माएको भएपनि गतसाता जुम्ल्याहा जन्माएपछि गाउँमा हेर्नेको समेत भिड लागेको छ ।
दैनिक १० लिटर दुध दिंदै आएको गाईले दुई बाच्छाबाच्छी जन्माएपछि पनि उत्तिकै दुध दिंदै आएको किसान शोभाखरले बताए । रौताडीका २५ किसानले २ वर्ष देखि गाउँमा उन्नत जातका गाई ल्याएर व्यवसायीक दुध उत्पादन गर्दै आएका छन् । स्थानीय माओवादी नेता भुपाल पोखरेलको अग्रसरतामा व्यवसायीक गाई पालन शुरु गरेका रौताडीका किसानहरुले अहिले दुधसंगै व्यवसायीक तरकारी र अदुवा समेत उत्पादन गर्दै आएका छन् । गाईले जुम्ल्याहा बाच्छाबाच्छी जन्माएको जिल्लामा नौलो भएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
‘मेरो जर्सी गाईले दुई बाच्छाबाच्छी जन्माएपछि अन्य गाउ“लेमा समेत उत्साह बढेको छ’, पोखरेलले भने, ‘जर्सी गाईको एउटै बाच्छीलाई मात्र १० हजार रुपैंया भन्दा बढी पर्छ ।’ रौताडीका किसानले देविस्थान दुग्धउत्पादन सहकारी संस्था गठन गरेर जैसीथोकलाई दुग्ध पकेट क्षेत्र घोषणा गरेका छन् । त्यस्तै सामुहिक मुत्र संकलन ट्याङ्की निर्माण गरेका गाउँका ८० भन्दा बढी किसानले अर्गानिक तरकारी उत्पादन गर्दै आएका छन् । गाउँमा दैनिक उत्पादन हुँदै आएको ६० लिटर दुध र तरकारी सदरमुकाम तम्घासमा विक्रि हु“दै आएको छ ।

फोटो; जनार्दन घिमिरे

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग