Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चिदीपानी माबिले स्वर्ण महोत्सव मनाउने

Published on 1:41:00 PM //

गुल्मी जुनियाँ गाबिस स्थित चिदीपानी माध्यमिक बिद्यालयले बिभिन्न कार्यक्रमका साथ आफनो स्थापनाको ५० औँ वार्षिकोत्सब अर्थात स्वर्ण महोत्सव मनाउने भएको छ । बि.सं २०१९ मा स्थापना भएको यो चिदीपानी माध्यमिक विद्यालय गुल्मीले आफनो स्वर्ण महोत्सव भब्यरुपले मनाउनका लागि विभिन्न उपसमिति गठन गरेको छ । आगामी पौष २० देखि २४ गतेसम्म विभिन्न कार्यक्रमहरु गरी स्वर्ण महोत्सव मनाउने निर्णय भएको हालै बुटवलमा आयोजित एक कार्यक्रममा जानकारी गराइएको थियो ।

सो कार्यक्रममा बुटवल लगाएत आसपासका क्षेत्र र विभिन्न स्थानमा छरिएर रहेका गुल्मी चिदीपानी निवासी पूर्व स्थानिय बासी, पूर्व विद्यार्थी, पूर्व शिक्षक शिक्षिका सबैलाई समेट्नका लागि बुटवलमा स्वर्ण महोत्सव समारोह उपसमिति गठन गरीएको छ । यस विद्यालयमा विभिन्न ११ वटा समिति गठन गरी स्वर्ण महोत्सव तयारीमा लागेको बताउदै रुपन्देही र अन्य जिल्लामा रहेका सम्पूर्णलाई समेट्ने गरी बुटवलमा उपसमिति गठन गरीएको संस्थाका अध्यक्ष तथा मुल समारोह समिति संयोजक पूर्णहादुर खत्रीले जानकारी दिनु भयो । सो बिद्यालयको भौतिक तथा शैक्षिक स्तर बृद्धीका लागि स्वर्ण महोत्सवका अबसरमा आर्थीक संकलन गरी सहयोग पूर्‍याउने समेत जानकारी गराइएको थियो ।

सो अवशरमा प्र.अ. हरिबहादुर खत्री, स्वर्ण महोत्सव मुल समारोह आर्थीक समितिका मिनबहादुर खत्री, पूर्व विधार्थी डा. डि.बी खत्री, नेपाली काग्रेस क्षेत्र नं ३ रुपन्देहीका सभापति यमबहादुर खत्री, गिरीप्रसाद भट्टराई, पत्रकार टिपी भुषाल, कृष्णप्रसाद भट्टराई लगाएतले शैक्षिक क्षेत्रमा गुणस्तर वृद्धि गर्नु पर्ने, आधुनिक र वैज्ञानिक शिक्षा लागु गर्नु पर्ने, प्राबिधिक शिक्षामा जोड दिने बिषयमा चर्चा गरेका थिए । जुनियाँ गाविस अर्न्तगत गुल्मी जिल्लाको उत्तर पूर्व क्षेत्र नं. १ मा पर्ने यस मा.वि.को २०१९ साल भाद्र १ गते स्थानिय स्व. रण बहादुर कार्कीको नेतृत्वमा केही समाजसेबि बुद्धीजिबिहरुको पहलमा स्थापना गरिएको थियो । नेपाल राष्ट्रिय प्राइमरी स्कुलबाट शुरु भएको यो विद्यालय २०३७ सालमा नि.मा.वि.लाई अपगे्रड गरी कक्षा ६ र ७ संचालन गरीएको थियो । त्यस्तै २०५२ सालमा कक्षा ८ हुदै २०५७ सालमा पहिलो पटक निजि स्रोतबाट कक्षा दश सम्म पढाई संचालन गरीको थियो । यस विदालयले २०५९ सालदेखि निरन्तर रुपमा प्रवेशीका परिक्षामा सहभागिता जनाएको छ ।

हृाल यस विद्यालयमा करिब ४ सय विद्यार्थीहरु अध्यनरत रहेका छन भने १५ जना शिक्षक शिक्षिकाहरुले अध्यापन गराइ रहनुभएको छ । विभिन्न जातजाती बसोबास गर्ने सो स्थानमा करिब ३ सय ४० घर परिवार बसोबास गर्ने गर्दछन् । यहाँ ब्राहमण, क्षेत्री, ठकुरी, मगर, गुरु, दलित-कामी, सार्की, दमाई) लगाएत बसोबास गर्ने गर्दछन् । विद्यालयलाई आर्थिक रुपमा सम्पन्न बनाउने, साधन स्रोतको अधिकतम प्रयोग गरी स्तरीय शिक्षा प्रदान गर्नु, भौतिक पूर्वाधार खडा गर्ने र उच्च मा.वि.(१०±२)को लागि आधारहरु तयार गर्ने भावी योजनाहरु लिएको छ । कार्यक्रम स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक पूर्णबहादुर खत्रीको अध्यक्षता र शिक्षक खिमबहाखुर खत्रीको संचालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग