Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीकै कारण बाबुराम पनि असफल प्रधानमन्त्रीको सुचिमाः ज्ञवाली

Published on 1:20:00 PM //

गगनशिला खड्का
नेकपा एमालेका नेता प्रदिप ज्ञावालीले एकिकृत नेकपा माओबादी आफैले सहमतिको प्रयास जुटाउन नचाहेकोले प्रधानमन्त्री बाबुराम भट्टराई पनि असफल प्रधानमन्त्रीको सुचिमा पर्ने बताएका छन । सत्ता गठबन्धनको कमजोर धरातल आफ्नै पार्टी भित्रको असहयोग र पार्टी अध्यक्ष पुष्पकमल दाहालको ढुलमुले प्रबृतीकै कारण धेरैले आशा गरेका प्रधानमन्त्री भट्टराई असफल सुचीतर्फ उन्मुख भएको ज्ञावलीले बताए । प्रेश चौतारी नेपाल गुल्मीले विहिवार सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञावलीले एक्लो व्यतmीले केहि गर्न नसक्ने भन्दै माओबादी भित्रकै मोहन बैध पक्षले खुलेर विरोध गर्नु,काँग्रेश एमाले जस्ता ठुला पार्टी प्रतिपक्षमा बस्नु प्रधानमन्त्री बाबुरामका लागी निकै चुनौतीपुर्ण भएको दाबी गरे ।
पत्रकारहरुको जिज्ञासामा एमाले नेता ज्ञावलीले माओबादी अध्यक्ष दाहाललाई बन्दा गोभीको पातको संज्ञा दिदै बन्दा गोभीमा अव त पात छैनकी भन्दै फोक्दै जाँदा फेरी अर्को पात आउने जस्तै गरी दाहालले केहि निर्णय लिन्छनकी भन्दा अर्को विवाद थप्ने काम गरेको ज्ञावलीको आरोप छ । माओबादी अध्यक्ष दाहालले विचमा साहसिक निर्णय गर्न नसकेमा बर्तमान सरकार पनि स्वतः असफल हुने उकको भनाई छ । मुख्य मुद्धा विर्सेर बर्तमान सरकार सस्तो प्रचारमा लागेको समेत ज्ञावलीको आरोप छ ।
प्रधानमन्त्री र मन्त्रीहरु कुन गाडी चढ्ने÷नचढ्नेमा भनदापनि शान्ति र संविधानको मुद्धामा अघि बढ्न प्रधानमन्त्रीलाई सुझाब दिए । नेता ज्ञावलीले शान्ति प्रक्रिया शुर भएपछिका ५ वर्ष सत्तामा बसेको एमाले अहिले सत्ता छोडेर पार्टीका लागी उपवासमा बसेको भन्दै पछिल्लो केन्द्रीय समितिको बैठक समेत विवाद रहित ढङ्गमा सम्पन्न भएको बताए । यद्दपी यो सरकारको विकल्प नखोजिएको उहाँको भनाई थियो । उहाँले नेपाली कांग्रेसक वारेमा समेत अलि प्रतिक्रियावादी हुन खोजेको होकि भन्ने आशंका रहेको वताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्विनी अञ्चल संयोजक छविलाल विश्वकर्मा, केन्द्रिय सदस्य ठाकुर गैरे लगायतका नेताहरु सहभागि थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग