Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हेलिकप्टर चढेर आए, सम्मान थापे, सहयोगको आश्वासन दिएर गए

Published on 2:07:00 AM //

मनोज बस्नेत
अर्घाखाँचीको वाङ्लामा जन्मेर जापानमा व्यवसाय गर्दैै आउनु भएका र गैर आवासीय नेपाली जापान च्याप्टरका अध्यक्ष समेत रहनु भएका अर्जुन अधिकारी सहित दुई जापानी नागरिकलाई आज नेत्र ज्योति संघ गुल्मीले स्वागत गरेको छ ।
नेत्र ज्योति संघ आँखा उपचार केन्द्रमा भएको स्वागत कार्यक्रममा जापानी नागरिक एवं रोटरी क्लब जापानको पुर्व सभापति, चेम्बर अफ कमर्श होक्काइदो आपासेरीको सभापति र जापानकै मिराई पार्टनरको प्रबन्ध निर्देशक नाकाहारा अकिहिरो र उहाँकी पत्नी नाकाहारा कोओकोलाई गुल्मीको तर्फबाट गुल्मेली चिनो समेत प्रदान गरिएको थियो । अतिथिहरुले आफुहरुलाई आँखा उपचार केन्द्रले गरेको स्वागत र सम्मानबाट आफुहरु निकै खुशी भएको बताउनु भएको थियो ।
आँखा उपचार केन्द्रका सभापति भरतबहादुर चन्दको सभापतित्व, उपसभापति शेरबहादुर थापाको स्वागत र सचिव अखिलेश्वरप्रसाद पाण्डेको संचालनमा भएको कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली जापान होक्काइदोका अध्यक्ष अर्जुन अधिकारीले आफुले जापानमा व्यवसाय गरेको भएपनि आफ्नो मन र चाहना आफ्नो मातृभुमी अर्घाखाँची, गुल्मीमा सेवा गर्नु नै रहेको बताउनु भएको थियो । अर्जुन अधिकारीले जुभुङ्ग गाविस ७ निवासी जगन्नाथ गौतमकी छोरी सुनिता गौतमसंग विवाह गरेपछि जुभुङ्गकै विद्यालय र आफु जन्मेको अर्घाखाँचीको वाङ्लाका विभिन्न विद्यालयहरुमा आर्थिक सहयोग उपलब्ध गराउँदै आउनु भएको छ ।
आफु जन्मेको र आफ्नी श्रीमती जन्मेको जिल्लाप्रति सधै सेवा र सहयोग रहने भन्दै अधिकारी दम्पतीले गुल्मीकै आँखा उपचार केन्द्रलाई पनि आफुहरुले सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको थियो । आँखा उपचार केन्द्रले अधिकारी दम्पत्ती र जापानी नागरिकसंग आँखाको क्षमता जाँचका लागि आवश्यक पर्ने अटोरिफ्याक्ट्रोमिटर मेसिन उपलब्ध गराईदिन आग्रह गरेको थियो । आँखा उपचार केन्द्रको आग्रहलाई अधिकारी दम्पत्तीले मेशिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नु भएको केन्द्रका सचिव अखिलेश्वरप्रसाद पाण्डेले जानकारी दिनु भएको छ ।
केन्द्रको स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल, अर्जुन अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । फिस्टेल एयरको हेलिकप्टर मार्फत तम्घास आउनु भएका अर्जुन अधिकारी र जापानी नागरिकहरु आजै अधिकारीको जन्मस्थल अर्घाखाँचीको वाङ्ला समेत पुगेर काठमाण्डौ फर्कनु भएको नेपाल नेत्रज्योति संघ गुल्मीका सल्लाहकार सदस्य जगन्नाथ गौतमले जानकारी दिनु भएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग