Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैँ तिहारमा घर फर्कनेलाई प्रहरी सुरक्षा व्यवस्था

Published on 3:02:00 AM //

घनश्याम गौतम
स्थानीय प्रशासनले दशैं तिहारका लागि घर फर्कनेहरुको धनमालको सुरक्षाका लागि जिल्लाका दुई महत्वपूर्ण सडक खण्डमा चल्ने रात्री सेवामा सुरक्षा दिन शुरु गरेको छ । प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारका अनुसार बुटवल देखि रिडी, मजुवा हुँदै बुर्तिबाङ्गसम्म जाने र बुटवलबाट रिडी हु“दै सदरमुकाम तम्घाससम्म चल्ने रात्री सेवाका बसहरुमा सुरक्षाकर्मी राखिएको हो । रिडी, मजुवा बुर्तिबाङ्ग सडक खण्ड जिल्लाकै बढी सवारी साधन चल्ने सडक हो ।
त्यस क्षेत्रका अधिकांश सर्वसाधरणहरु भारत, अमेरिका, जापान, फिनल्याण्ड, अष्ट्रेलिया, बेलायत लगायतका मुलुकमा रोजगारीका लागि पुगेका छन् रोजगारीका लागि बाहिर गएकाहरु फर्केने भएकाले लुटिनसक्ने सम्भावित घटनाहरुलाई ध्यानमा राख्दै हरेक रात्री बसमा हतियार सहितका १ प्रहरी हवल्दारको नेतृत्वमा २ प्रहरी परिचालन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालले बताए । दुवै सडक खण्डका रात्रीबसहरुमा दशैं र तिहारसम्म सुरक्षा प्रदान गरिने र अन्य सवारीका चाप बढी भएका सडकहरुमा समेत रात्री गस्ती बढाईने प्रनाउ बैदवारले बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग