Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेडियो स्काईद्वारा समाजसेवी र बृद्धबृद्धा सम्मान(फोटो फिचर सहित)

Published on 2:57:00 AM //

घनश्याम गौतम
सामुदायीक रेडियो स्काईले दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा जिल्लाका समाजसेवी, जेष्ठ नागरिक लगायत सामाजिक योगदान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरेको छ । एक साता लामो कार्यक्रम सम्पन्न गर्दै शनिवार तम्घासमा आयोजित कार्यक्रममा जिल्लाभरका समाजसेवी मध्यबाट बम्घाका लिला पुरी, तम्घासका नरप्रसाद श्रेष्ठ र पुर्कोटदहका चक्रबहादुर कु“वरलाई दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको हो ।
त्यस्तै जेष्ठ नागरिक तर्फ तम्घास–८ की १ सय ३ वर्षीया सुमित्रा श्रीस र सिमिचौर–५ का १ सय २ वर्षीय रेणुकान्त अर्याल, साहित्य, सिर्जना र पत्रकारीताको क्षेत्रबाट समाजमा योगदान पुर्याएको भन्दै शिक्षाविद एवं साहित्यकार दीन पन्थी, कान्तिपुरकर्मी घनश्याम गौतम, कला सिर्जनाको क्षेत्रबाट योगदान पुर्याउने रेडियोका संयोजक गोविन्द देवकोटा सहित एक, दर्जन कलाकारलाई समेत रेडियोले सम्मान, कदर र प्रशंसापत्र समेत प्रदान गरेको छ ।
रेडियोले बार्षिकोत्वको अवसर पारेर खानेपानीका मुहान एवं ट्याङ्कीहरुको अनुगमन, तम्घास बजार सरसफाई, अस्पताल, शिक्षा, प्रशासन लगायतका कार्यालयहरुको अनुगमन, कारागारका कैदीहरुलाई रेडियो वितरणप, अन्तर्कृया लगायतका कार्यक्रमहरु गरेको रेडियोका अध्यक्ष शालिकराम पन्थीले बताए । विभिन्न क्षेत्रका १ सय ३१ जनाको लगानी रहेको जिल्लाको एक मात्र सामुदायीक रेडियो १ गतेदेखि दोस्रो वर्ष प्रवेश गरेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग