Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नगरभित्र भौतिक निर्माणका लागि अनुमति लिनुपर्ने

Published on 12:50:00 PM //

पि.एम.मगर 
अवदेखि सदरमुकाम तमघासमा नगर विकास समिति र तमघास गाविसको स्वीकृत विना कुनै पनि भौतिक निर्माण नगर्न आज एक कार्यक्रमका सहभागीहरुले निर्णय गरेका छन् ।
तमघास नगरविकास समिति अन्तर्गत वातावरणीय सुधार एवं शहरीकरण व्यवस्थापन अध्ययन उपसमितिको वैठकले यस्तो निर्णय गरेको हो । समितिको पुर्व स्वीकृति विना कुनै भौतिक संरचना निर्माण हुन नदिन निर्णय गरिएको छ । त्यस्तै वैठकले सदरमुकाम तमघास भित्र रहेका खोला खोल्सी लगायतका सार्वजनिक जग्गा अतिक्रमण रोक्न अध्ययन अगाडी सारेको छ । वैठकले तमघास गाविसभरि जिल्ला नापी शाखा र जिल्ला मालपोत कार्यालयलाई सार्वजनिक जग्गाको लगत तैयार पार्न अनुरोध गर्ने निर्णय गरेको छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, समितिका प्रतिनिधित्व गरिरहेका एकीकृत नेकपा माओवादीका ठाकुर प्रसाद पाण्डेय, नेपाली कांग्रेसका छवि पाण्डेय, नेकपा एमालेका दुर्गाप्रसाद पाण्डे, राष्ट्रिय जनमो र्चाका कमल अर्याल, राप्रपा नेपालका ठाकुर पाण्डे, नेकपा एकीकृतका रामप्रसाद पन्थी, जिल्ला मालपोत र नापी शाखाको समेत प्रतिनिधित्व रहेको थियो । नगरविकास समितिका अध्यक्ष गिरीराज पाण्डेयको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग