Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिद्यार्थीहरु रुखमुनि बसेर पढ्न बाध्य

Published on 12:50:00 PM //

मनोज बस्नेत
बिद्यालय भवन हुदाँ हुदै पनि गुल्मीको बडागाउँ गाविसको वार्ड नम्बर २ मा रहेको दिगाम प्राथमिक बिद्यालयका बिद्यार्थीहरु खोलाको किनारमा बसेर पढ्न बाध्य भएका छन् । वार्ड नम्बर २ को माझँ गाउँ भन्ने ठाउँमा बिद्यालयको पक्की भवन हुदाँ हुदै पनि त्यो ठाउँमा हिडेर पुग्न बिद्यार्थीहरुलाई असजिलो भएको भन्दै वार्ड नम्बर २ कै बडिघाट खोलाको किनारमा पठनपाठन गराउन थालिएपछि बिद्याथीहरु खोला किनारको चिसो भुईमा बसेर पढ्न बाध्य भएका हुन ।
बिद्यार्थीलाई पायक पर्ने भन्दै बडिघाट खोलाको किनारमा पठन पाठनका लागी बिक्रम सम्बंत २०६६ साल फागुनमा टिनको छाप्रो निमार्ण गरिएको भएपनि सोही ठाउँमै नयाँ बिद्यालय भवन निमार्ण गर्नको लागी त्यस छाप्रोको टिन निकालिएपछि बिगत ६ महिना देखि बिद्यार्थीहरु आपँको रुख मुनिको चिसो भुईमा बसेर पढिरहेका छन् । बडिघाट खोलाको नजिकै निमार्णाधिन नयाँ भवन निमार्ण सम्पन्न हुन अझै करीब २ महिना समय लाग्ने बिद्यालय व्यावस्थापन समितिले जनाएको छ । बिक्रम सम्बंत २०५१ सालमा स्थानीय जनश्रमदानबाट निर्मीत वार्ड नम्बंर २ को माझँ गाउँको पक्की भवनको झ्याल ढोका लगाएतका सामान अहीले हराउनुका साथै तोडफोड भएको स्थानीय बासिन्दाहरु बताउँछन् ।
गाउँको माथि पट्टी निमार्ण गरिएको उक्त भवनमा पाएक पर्ने क्षेत्रका बिद्यार्थीहरु अन्य ठाउँमा पढ्न जान थालेपछि अन्य बिद्यार्थीहरुलाई पाएक पर्ने ठाउँमा बिद्यालय सार्न लागिएको बिद्यालय व्यावस्थापन समितिका पुर्व अध्यक्ष थम्मन बहादुर कुमालले बताउनुभयो । प्रावि सहित बाल शिक्षा रहेको बिद्यालयमा जम्मा ४ जना शिक्षक शिक्षीका कार्यरत छन् । ४ जना शिक्षक शिक्षीका मध्ये २ जना नियमित उपस्थित नहुने गरेको बिद्यार्थीहरुले गुनासो गरेका छन् । शिक्षकहरु नियमित नआउने तथा चिसो भुईमा पढाईने हुदाँ आफ्ना बालबच्चाहरुको पढाई प्रभावकारी हुन नसकेको अभिवावकहरुको दुखेसो छ । अहिले त्यस बिद्यालयमा दलित कुमाल र मगर जातिका बालबालिका अध्यनरत रहेको स्थानीय पत्रकार  लोक प्रसाद छन्त्यालको भनाई छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग