Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बार्षिक उत्सवको पाँचौ दिन, शिक्षा कार्यालयको अवलोकल

Published on 9:58:00 AM //

मनोज बस्नेत 
सामुदायिक रेडियो स्काई ८८.४ मेगाहर्जले वार्षिक उत्सवको अवसर पारेर जिल्ला शिक्षा कार्यालयको अवलोकन गरेको छ । वार्षिक उत्सवको पाँचौँ दिन भएको अवलोकनमा जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले जिल्लाको शैक्षिक स्तर सुधारको लागी आफु लागि परेको वताउनुभएको थियो ।
उहाँले अझै पनि जिल्ला शिक्षा कार्यालयको कतिपय विद्यालयमा दृष्टि पुग्न नसकेको स्वीकार्दै विद्यालय नगई हाजिर गरेर तलव खाने शिक्षकलाई कारावही हुने वताउनुभयो । साथै उहाँले यदि कसैले यस्तो गरेको थाहा पाएमा जिल्ला शिक्षा कार्यालयमा जानकारी दिन समेत आग्रह गर्नुभयो । अवलोकन कार्यक्रममा रेडियोका अध्यक्ष शालिकराम पन्थी, सचिव गोविन्द गौतम, संयोजक जिडि जोन्स रियाज, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
सामाजिक न्यायका लागी सञ्चार अभियानद्धारा सञ्चालित सामुदायिक रेडियो स्काई सामाजिक सद्भाव र आर्थिक समृद्धिका लागी समावेशी आवाज भन्ने मुल नाराका साथ २०६७ साल असार २३ गतेदेखि परिक्षण शुरु गरी २०६७ साल असोज १ गते नियमित प्रसारण गरेको थियो । नियमित प्रशारणको प्रथम वार्षिक उत्सवको अवसरमा रेडियोले सात गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ । 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग