Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

छात्रबृत्ति वितरण

Published on 2:52:00 AM //

घनश्याम गौतम  
बलिथुमको थाक्सीपोखरा थाक्सी पोखरा माध्यमिक विद्यालयले १ सय ७८ जनालाई विभिन्न छात्रबृत्ति वितरण गरेको छ । विद्यालयले विहिवार विद्यालयमा कार्यक्रम आयोजना गरी छात्रा, दलित, अपाङ्ग, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेको हो । शिक्षा कार्यालयबाट गतवर्ष निकासा भएको रकमबाट कक्षा १ देखि ८ सम्मका १ सय १७ छात्रालाई प्रति विद्यार्थी ४ सय रुपैंयाले ४६ हजार ८ सय रुपैंया, कक्षा १ देखि ८ सम्म अध्ययनरत ३७ दलित विद्यार्थीलाई १४ हजार ८ सय रुपैंया, प्राविमा अध्ययनरत ५ अपाङ्ग विद्यार्थीलाई २ हजार ५ सय रुपैंया, निमावि मावि
अध्ययनरत ४ अपाङ्गलाईलाई तीन हजार रुपैंया, माविमा अध्ययनरत ५ दलित विद्यार्थीलाई २ हजार ५ सय रुपैंया र निमावि-मावि अध्ययनरत १० गरिव तथा जेहेन्दार विद्यार्थीलाई १७ हजार रुपैयाँ गरी जम्मा ८६ हजार ६ सय रुपैंयाछात्रबृत्ति वितरण गरिएको विद्यालयले जनाएको छ ।
त्यस्तै बलिथुमकै स्थानीय नवजनविकास युवा परियारले माविमा अध्ययनरत गरिब तथा जेहेन्दार २ जना छात्र-छात्रा गरी २ जनालाई प्रति विद्यार्थी २ हजार ५ सय रुपैंया नगद रकम उपलब्ध गराएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग