Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा हस्पिटल दोस्रो वर्षमा

Published on 1:32:00 AM //

पि.एम.मगर
रेसुङ्गा हस्पिटल एण्ड रिसर्च सेन्टर, तमघास गुल्मीले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । २०६७ साल असौज महिनामा स्थापना भएको रेसुङ्गा हस्पिटलले पहिलो वार्षिकोत्सवको अवसरमा भदौ ३१ गते निशुल्क स्वास्थ्य शिविर सम्पन्न गर्नुका साथै हस्पिटलमा उपचार गराईरहेका विरामीहरुलाई फलफुल वितरण गरी शुभकामना कार्यक्रम पनि सम्पन्न गरेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले हस्पिटलले पु¥याएको योगदानको प्रशंसा गर्दै उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभयो । साथै उहाँले अस्पतालले आगामी दिनहरुमा पनि थप प्रभावकारी स्वास्थ्य उपचार तथा सेवा प्रदान गर्दै जानेमा आशा व्यक्त गर्नुभयो । सोही अवसरमा हस्पिटलका कार्यकारी निर्देशक महेश श्रेष्ठले अस्पतालको वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । उहाँले यस हस्पिटलमा विरामीहरुको जाँच, एक्सरे तथा ल्याव, इसीजी लगायतका सेवाहरु चौविसै घण्टा सञ्चालन गरिरहेको बताउँदै समय समयमा हस्पिटल स्वयं र आशा अपाङ्ग केन्द्र तथा पाल्पा मिसन अस्पतालको समन्वयमा स्वास्थ्य शिविर समेत सम्पन्न गरेको वताउनुभयो । निर्देशक श्रेष्ठले हस्पिटलमा हेल्थ असिस्टेण्ट तथा स्टाफ नर्स कक्षा सञ्चालनका लागि प्रकृया अघि वढाईसकेको वताउनुभयो । जिल्ला हस्पिटलका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. हरिवहादुर के.सी., एकीकृत नेकपा माओवादीका गिरीराज पाण्डे, नेपाली काँग्रेसका जिल्ला सचिव विष्णु वलाल, नेकपा एमालेका माधवप्रसाद ज्ञवाली, राष्ट्रिय जनमोर्चाका अध्यक्ष जीवन राना, राप्रपाका अध्यक्ष भरतवहादुर चन्द, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, तमघास अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विरवहादुर कार्की, अस्पतालका संस्थापक सेयरधनी भुवनप्रसाद श्रेष्ठ, डा. गोकर्णराज पन्थी, डा. दिपकराज घिमिरे, डा. चुरा लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
हस्पिटल व्यवस्थापन समितिका अध्यक्ष नन्दराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शेर वहादुर थापाले स्वागत र डिल्लीराज भुसालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन डा. लक्ष्मण भुसालले गर्नुभएको थियो । कार्यक्रममा हस्पिटलको स्थापना कालदेखि नै स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएको डा. अशोक अधिकारीलाई पनि सम्मान गरिएको थियो । यसैविच पहाडी भू भागमा संचालीत लुम्बिनी मेडिकल कजेल तथा शिक्षण अस्पताल पाल्पाले बि एस्सी नर्सिङ्गको पढाइ शुरु गर्ने भएको छ । २०६५ सालमा स्थापना गरेको कलेजले स्टाफ नर्स तेस्रो बर्षमा पढाइरहेको अवस्थामा बि एस्सी नर्सिङ्गका लागि पनि अनुमति प्राप्त गरेको छ । कलेजले एम बि बि एस तेस्रो बर्षका विद्यार्थीहरुलाई पढाइ रहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग