Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अहेब छैनन, पिएनको भरमा उपस्वास्थ्य चौकी

Published on 1:27:00 AM //

अनिल खत्री
गुल्मीको नेटा गा वि स वडा नं. ६ जैसीपोखरामा  विगत ६ महिना देखी उपस्वास्थ्य चौकी कार्यालय प्रमुख विहिन वनेको छ ।
उक्त कार्यालयमा १ जना अहेवको दरवन्दी रहेकाले दरवन्दीमा बस्नु भएकी अहेव कल्पना भुसाल पाण्डेको अनुपस्थितका कारण कार्यालय पियनका भरमा चलिरहेको छ । यस कार्यालयबाट प्रत्यक्षरुपमा लाभ लिइरहेका नेटा गाविसका सम्पुर्ण वडाका मानिसहरु अहेवको अभावका कारण सामान्य विरामी पर्दा पनि औषधिउपचारका लागी लामो बाटो हिडेर पौदी अमराई, दर्लिङ्ग लगायत छिमेकी जिल्ला बाग्लुङ्गको ग्वालिचौर लगायतका स्थानमा धाउनका लागी वाध्य भएका छन् । लामो समयसम्म अहेव कार्यालयमा अनुपस्थित भएका कारण यहाँका स्थानिय बासिन्दा, राजनितिक दल, वुद्विजिवी लगायतले चिन्ता व्याक्त गर्दै जिल्ला स्वास्थ्य कार्यालय गुल्मीमा गत आइतवार ज्ञापनपत्र सहित डेलिकेशन गएका छन् ।
अहेव कल्पना भुसाल पाण्डेको सट्टामा अर्को कुनै नयाँ अहे वलाई राखी तुरुन्त सेवा प्रदान गर्नुपर्ने माग राख्दै नेटा उपस्वास्थ्यचौकि व्यवस्थापन समितीका अध्यक्ष अमर सिंह पुनको नेतृत्वमा एकिकृत नेकपा माओवादीका दुजमान पुन, नेकपा एमालेका तर्फबाट चुमकला घिमिरे, नेपाली काँग्रसका रामराज घिमिरे, राप्रपाका तर्फबाट मनिराम बोहोरा, स्वयमसेविक भोमा खरेल लगायतको सर्वदलिय टोली जिल्ला स्वास्थ्यकार्यालयमा गएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. हरिबहादुर के सीले मागलाई सम्वोधन गर्दै यि मागप्रती आफ्नो गम्भिर ध्यानाकर्षण भएको र यि मागलाई १०, १५ दिनमै पुरा गर्ने प्रतिवद्वता जनायपछी दुई पक्षीय वार्ता आज निष्कर्षमा पुगेको बिष्णु फुल्देलले जानकारी दिनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग