Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भोट गर्नुस्, सित्तैमा घडी जित्नुस्

Published on 5:30:00 PM //



तपाईंले किन गर्ने भोट? 
-पुरस्कारको लागि मात्र हैन, तपाईं हामी जो जहाँ भएपनी समाज परिवर्तन र साकारात्मक सोचको लागि एउटा ईट्टा थप्ने काम गर्नको लागि । आखिर हामी आँफै प्रत्यक्ष रुपमा सामेल भएर ब्रिद्द ब्रिद्दाको सेवामा जुट्न नसकेपनी उनिहरुको सेवामा जुट्न चाहनेहरुको लागि आ-आफ्नै ठाउँबाट साथ दिन त सक्छौँ नि हैन ?


कसरी जित्ने त घडी? 
-यदी तपाईं फेसबुक प्रयोगकर्ता हुनुहुन्छ भने, तपाईं यसको लागि योग्य हुनुहुन्छ । यो योजनामा १० औँ नम्बरको प्रोजेक्ट (Bringing back the smile) लाई भोट हाली सामाजिक सेवामा तत्परता देखाउने कार्यलाई हौसला पुर्याउन मद्घत गर्नुहुने मित्रहरु मध्यबाट गोलाप्रथा गरी बिजयीहरुलाई पुरस्कार स्वरुप नाडि घडी प्रदान गरिनेछ । बिजेता जुनसुकै स्थानमा भएपनी उपहार त्यहिसम्म पोस्ट मार्फत पठाइनेछ ।

कसरी जित्ने त उपहार?

-तपाईं फेसबुक चलाऊने मित्रहरुको एउटा सानो भोटले दाँत र आँखाका रोगी ब्रिद्दा ब्रिद्धाहरुले नयाँ जीवन पाउन सक्नेछन । यसको लागी http://www.deerwalk.com/poll यो लिंकमा क्लिक गरी दाँया साइडमा रहेको फेसबुक लग ईन बटनमा क्लिक गर्ने अनी फेसबुकले नयाँ विन्डोमा सोध्ने पहुँच सम्बन्धी अनुरोधलाई Allow गरी त्यहाँ देखिने १३ वटा प्रोजेक्ट मध्य १० औँ नम्बरको प्रोजेक्ट Bringing back the Smileमा चेक (टिक) गरी तल रहेको Vote बटनमा क्लिक गरी भोट गर्ने ।

कहिले सम्म गर्ने भोट? 
-याद गर्नुहोला भोटिङ अवधी यही ११ अक्टोबर दिउँसो ४ बजे (नेपाली समय अनुसार) सम्म मात्र रहने छ ।

तपाईंको एक क्लिकले, ठुलो परिवर्तन ल्याउन सक्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग