Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशै आयो, सरसफाइको चटारो (फोटोहरु)

Published on 2:07:00 PM //


घनश्याम गौतम
रेसुङ्गा सामुदायीक प्रहरी सेवा समाजले सदरमुकाम तम्घासमा रहेका भगवती, गणेश, लगायतका ८ मन्दिरहरुमा शनिवार सरसफाई गरेको छ ।
समाजले दशैं भर मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्ने र फोहोर पनि बढ्ने भएकाले सरसफाई अभियान चलाएको हो । सेवा समाजले सर्वसाधरणलाई सचेत बनाउने र थप सरसफाईका लागि दशैं अवधिभर दुई जना सहयोगी राखेर मन्दिरहरु सफा राख्ने अभियान चलाएको समाजका अध्यक्ष हरीकुमार श्रेष्ठले बताए । समाजको अभियानमा प्रहरीले पनि सघाएको छ । सदरमुकाम तम्घासमा सेवा समाजले सदरमुकाम तम्घासमा सरसफाई अभियान चलाएपछि सदरमुकाम बाहिरका चन्द्रकोट, इश्माकोट, धुर्कोट, मुसिकोट लगायत पुराना कोटहरु भएका र चौकी रहेका स्थानहरुमा प्रहरीलाई स्थानीयको सहयोग लिएर ऐतिहासिक कोट एवं मन्दिर सरसफाई अभियान संचालन गर्न निर्देशन दिएको प्रहरी नायव उपरिक्षक राजकुमार बैदवारले बताए ।

 बिजयादशमी तथा शुभ दिपावलीको अवसरमा शनिबार तम्घास स्थीत भगवती मन्दीर परिसर सफा गर्दे रेसुङ्गा सामुदायिक सेवा समाज गुल्मीका सामुदायिक महिला प्रहरीहरु ।


चाडपर्बको अवसरमा मन्दीर दर्शन गर्ने भतmजनहरुको घुईचो लाग्ने हुदाँ शनिवार भगबती मन्दीर परिसर सफा गर्दे स्थानीय बासिन्दा र सामुदायिक प्रहरीहरु । सबै तस्वीरहरु गगनशिला खड्का

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग