Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१ सय ७० गाईलाई नुन खुवाईयो, गौ पूजा गरियो

Published on 4:22:00 PM //


जनार्दन घिमिरे
गौ पुजाको अवशरमा गुल्मीको रेसुङ्गा स्थित गौशालामा रहेका एक सय ७० वटा गाईलाई पुजा गरिएको छ । सदरमुकाम तम्घासको सिमाना स्थित गौशालामा रहेका उक्त गाईहरुलाई पुजा गर्न र नुन खुवानकालागि आज विहानै देखि श्रद्धालुहरु नुन, तेल, अक्षता तथा अन्य पुजा सामग्रिहरु वोकेर गौशाला पुगेका थिए । गौशालामा रहेका गाईहरुलाई पुजाआजा गरि नुन खुवाएमा घरमा सधैभरि लक्ष्मीको वास हुने र रोगव्याधिहरु नलाग्ने मान्यताका साथ उक्त ठाउँमा गाई लाई पुजा गर्नकोलागि सदरमुकाम वरपर लगायत अन्यत्र स्थानहरु वाट समेत मानिसहरु जाने गर्दछन् । उक्त गौशालामा विक्रम संवत २०४२ सालदेखि गाईहरुलाई जम्मा गरि नुन खुवाने र गोवद्र्धन पुजा समेत गर्ने गरिन्छ । रेसुङ्गा संरक्षण समिति गुल्मीले गौशालामा रहेका गाईहरुलाई व्यवस्थि गर्नुका साथै गाई पुजाको अवशरलाई छोपेर वजार क्षेत्रमा नुन तेल संकलन गर्नुका सार्थै केही रकम समेत संकलन गर्ने परम्परा छ । यसै अनुरुप रेसुङ्गा संरक्षण समितिले यसपटक ४ क्वीण्टल नुन, एक सय लीटरभन्दा वढी तेल र १४ हजार भन्दा वढी नगद समेत संकलन गरेको रेसुङ्गा संरक्षण समितिका अध्यक्ष रुद्रवहादुर भुजेलले वताएका छन् । गौशालामा रहेका गाईहरुको पालन पोषणलाई व्यवस्थि गर्नकालागि उक्त समितिले स्थानीय निकायवाट सहयोगको अपेक्षा समेत गरेको भुजेलले वताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग