Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मेली स्रष्टाहरुले सम्झे महाकवी देवकोटालाई

Published on 4:18:00 PM //


जनार्दन घिमिरे
साहित्य अनुरागि, कवि तथा कवियत्रीहरुले वुधवार गल्मी जिल्लाको सदरमुकाम तम्घासमा आआफ्ना रचनाहरु वाचन गरि लक्ष्मी जयन्ती मनाएका छन् । किरण पुस्तकालाय तम्घासले आयोजना गरेको कार्यक्रममा स्तस्फुर्त रुपमा देवकोटा जयन्तीमा पुस्तकालयमा जम्मा भएर उनीहरुले देवकोटाको लगनशिलता र उनको साहित्यीक क्षेत्रमा रहेको यो गदानलाई रचनाहरुमार्फत व्यक्त गरेका थिए । वरिष्ठ सामाजसेवी नरप्रसाद श्रेष्ठको अध्यक्षतामा संचालीत उक्त जन्मजयन्तीमा पुराना कविहरु,लक्ष्मण प्रसाद रिजाल,नवनारायण पन्थी, भिमकान्त पन्थी, हिरा एसी लगायत नवोदित कविहरु तथा कवियत्रीहरुले आआफ्ना कविताहरु वाचन गरेका थिए । कार्यक्रममा अर्घाखाँचि स्थित मरेङ्ग गाविसका स्रष्टा ललीतकुमार आचार्यद्वारा लीखित १ सय ३६ पृष्ठको नाटक संग्रह नल दमयन्तीको समेत विमोचन गरिएको थियो ।
विमोचित उक्त नाटकको साहित्यकार दीन पन्थीले टिप्पणी गर्दै, समय र परि स्थिति अनुरुप लिखित उक्त नाटक संग्रहले मानिसको अन्र्तजीवनका विविध विषहरुलाई समेटेको वताएका थिए । कार्यक्रममा साहित्यकार तथा किरण पुस्तकालायका संरक्षक शशि पन्थी,सहायक प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल, प्रहरी नायव उपरिक्षक राजकुमार वैदवार, कालीदत्त गुल्मका गुल्मपति सन्तोष कुमार थापा, समाजसेवी नन्दराम भुसाल,नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य जनार्दन घिमिरे लगायतको सहभागिता रहेको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग