Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जैसीथोकलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्न मुल समिति गठन

Published on 1:35:00 PM //


मनोज बस्नेत
गुल्मीको जैसीथोक गाविसलाई खुल्ला दिशा मुक्त गाविस घोषण गर्ने प्रक्रिया सुरु भएको छ । सोही अनुरुप शुक्रबार जैसीथोक गाविसका उपभोक्ताहरुको भेलाले नेपाली कागेंसका कृष्ण थापाको सयोंजकत्वमा १३ सदस्यीय मुल समिति गठन गरेको छ । जसको उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टिको तर्फबाट बाबुलाल कार्की, सचिवमा एकिकृत नेकपा माओवादिको तर्फबाट बिरेन्द्र कुवंर र कोषाध्यक्षमा नेकपा एमालेको तर्फबाट पुर्ण प्रसाद पोखे्रल रहनुभएको छ ।
साथै प्रत्येक वडाबाट एक–एक जना गठन भएको मुल समितिले आउँदो फागुनको पहिलो हप्ता भित्र गाविसको प्रत्येक घरधुरीमा चर्पी निमार्ण गरेपछी मात्र गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषण गर्ने र सो को लागी जिल्ला खानेपानी तथा जिल्ला विकास समितिमा आर्थिक सहयोग माग गर्ने निर्णय गरेको छ ।
एकिकृत नेकपा माओवादिका जिल्ला प्रतिनीधी भुपाल पोख्रेलको प्रमुख आतिथ्यता रहेको भेलामा स्थानीय राजनितीक दल, व्यापारी, बुद्धिजीवी, शिक्षक, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । भेला गाविस सचिव डिल्लीराज आचार्यको अध्यक्षता सम्पन्न भएको खबर सहकर्मि आत्माराम पोखे्रलले पठाउनुभएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग