Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गहना चोर्ने प्रहरी खोरमा

Published on 1:36:00 PM //


मनोज बस्नेत
चोरीको अभियोगमा एक अभियुक्तलाई जिल्ला अदालन गुल्मीले पुर्वपक्षका लागी कारागार चलान गर्न आदेश दिएको छ । गुल्मीको मरभुङ गाविस वार्ड नम्बंर २ जुकेपानीका ७० बर्षिय भुमादेवी नेपालीले लगाएको गहना चोरी गर्ने गुल्मीकै अर्जे गाविसका २३ बर्षिय बिर बहादुर नेपालीलाई जिल्ला अदालतले कारागार चलान गर्न आदेश दिएको हो । बिर बहादुरले गत असोज २१ गते साझँ आफ्नै छोरीको घर अर्जे जादै गरेकी भुमादेवीले लगाएका २ थान माडबारी र १ थान फुली चोरी गरी फरार भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यस लगतै प्रहरी चौकी पौदीअमराई गुल्मी टोलीले  बिर बहादुरलाई प्रक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।




0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग