Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मन्दिरलाई दुर्गा देविको मुर्ति प्रदान

Published on 3:12:00 PM //

घनश्याम गौतम
बडा दशैं एवं दिपावलीको अवसर पारेर नयाँगाउँका युवाले स्थानीय देविस्थान मन्दिरलाई दुर्गा देवीको मुर्ति उपलब्ध गराएका छन् ।
मन्दिर व्यवस्थापन समितिको आग्रहमा नयाँगाउँ-९ का युवा व्यवसायी नेत्र पोखरेलले मार्वलद्वारा निर्मित झण्डै ५० हजार मुल्यको मुर्ति उपलब्ध गराएका हुन् । स्थानीय महिला र समाजसेवीको पहलमा निर्माण भएको मन्दिरमा दुर्गा देविको मन्दिर राखिएपछि पुजाआजाका लागि भिड लागेको व्यवस्थापन समितिले जनाएको छ ।
त्यस्तै प्रहरी दिवसको अवसर पारेर तम्घासको सामुदायीक प्रहरी सेवा समाजले तम्घासको भगवती स्थानमा रहेको नवदुर्गा भगवती मन्दिर परिसरमा आइतवार सरसफाई गरेका छन् । तम्घासमा मन्दिरहरुमा सरसफाई गर्दै आएका सेवा समाजका प्रहरी जवान र सर्वसाधरणहरुले मन्दिर परिसरमा सरसफाई गरेका हुन् । समाजले दशैं तिहारको अवसरमा समेत तम्घासका आधा दर्जन भन्दा बढी मन्दिरहरुमा सरसफाई अभियान चलाएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग